गान्तोक: सिक्किम विधानसभा र लोकसभा चुनाउलाई शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउने उद्देश्यले राज्यका सबै जिल्लामा पुलिस बललाई आजदेखि नै सम्वन्धित क्षेत्रमा पठाइएको छ। विशेष गरेर भोलि सम्पन्न हुने चुनाउलाई शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको निम्ति सबै पोलिङ स्टेशनहरूमा पुलिस बल, आईआरबी, एसएपीलाई खटाइएको छ।
यसै क्रममा गेजिङ जिल्लाका पुलिस अधीक्षक जे.जयापाण्डियान, अतिरिक्त पुलिस अधीक्षक बिजय सुब्बा लगायत अन्य पुलिस अधिकारीहरूले चुनाउलाई शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको निम्ति पुलिस बल खटाएका छन्। चुनाउ प्रक्रियाको समयमा शान्ति सुरक्षा कायम गर्ने, सबै नागरिकका लागि सुरक्षित र निष्पक्ष मतदानको वातावरण सुनिश्चित गर्न पुलिस प्रशासनले जनतालाई आश्वस्त गराएको छ।