मृत व्यक्तिलाई यसकारण ब्यांकमा लगियो…

image-1-copy

संसार अहिले धेरै परिवर्तन भएको छ। पहिले मानिसहरु सम्बन्धलाई धेरै महत्व दिन्थे, अहिले त्यस्तो छैन। पैसा भन्दा पहिले मान्छेले न राम्रो नराम्रो याद गर्छ न सम्बन्धको परवाह गर्छ। यही कारणले गर्दा कयौं पटक यस्ता घटना अघि आउँछन्, जसलाई सुन्दा केही समयको लागि मनमा दु:ख लाग्छ। एक व्यक्तिको मृत्युपछि अन्तिम संस्कार गर्नुको सट्टा महिलाले उनलाई ब्यांक लगिन्। कर्मचारीलाई शंका लागेपछि बारम्बार उसको बारेमा सोधपुछ गरिरहे। ती महिलाले उनीहरूलाई टाढै राखिन् र आफूलाई आफन्त भनिन्। उनले ६८ वर्षीय पुरुषको शवका लागि १७ हजार रियास अर्थात करिब २ लाख ७७ हजार रुपियाँ ऋण लिन चाहेकी थिइन्।

घटना ब्राजिलको इटालु ब्यांकको शाखामा भएको हो। यहाँ एक ४२ वर्षीया महिलाले एक पुरुषको शव लिएर ब्यांकमा लगेर ऋणको कागजमा हस्ताक्षर गराउन थालिन्। महिलाले आफूसँगै ६८ वर्षका मामा आएको दाबी गरिन्। उनी आफूलाई भान्जी भन्दै थिइन्। ब्यांकबाट ऋण स्वीकृत भइसकेको भए पनि लिन वृद्धको हस्ताक्षर चाहिने हुनाले महिलाले शव ल्याएकी थिइन्। कर्मचारीलाई शंका लागेपछि बारम्बार सोधपुछ गरे, जसमा महिलाले मामालाई चुपचाप बस्ने र अलिक  शान्त प्रवृत्तिको बताइरहेकी थिइन्। उनले बारम्बार उनको हात समातेर हस्ताक्षर गराउन कोशिश गरिन्, तर त्यसो भएन। अन्ततः उनलाई अस्पताल लैजाने तयारीमा लागेपछि उनको केही घण्टा अगाडि नै मृत्यु भएको खुलासा भयो। ती महिला साँच्चै उनको आफन्त हुन् वा होइनन् भन्ने थाहा छैन। उनलाई त्यहाँबाट पक्राउ गरी अहिले यस विषयमा अनुसन्धान भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *