गान्तोक: भोलि राज्यमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति आज विभिन्न पोलिङ स्टेशनहरूमा इभीएम, भोटर भेरिफाइएवल पेपर अढिट ट्रायल साथै आवश्यक सामग्री पठाउने कार्य सम्पन्न भयो। चुनाउमा खटिएका अधिकारीहरूले कडा सरुक्षाबीच यी सामग्रीहरू लिएर पोलिङ स्टेशन प्रस्थान गरेका छन्। भोलि बिहान ७ बजीदेखि राज्यको सबै पोलिङ स्टेशनहरूमा चुनाउ अति कडा सुरक्षाबीच सम्पन्न हुने भएको छ। यस चुनाउलाई सफल तुल्याउनको निम्ति राज्य बाहिरबाट चुनाउलाई पर्यवेक्षण गर्नको निम्ति पर्येवेक्षकहरू आइपुगीसकेका छन्। राज्यमा आचार संहिता लागु भएपछि पर्यवेक्षकहरू सिक्किम आएका छन् भने अहिलेसम्म उनीहरूले सबै कुरालाई नजिकबाट नियालिरहेका छन्। आचार संहितालाई कडाईकोसाथमा लागु गर्न साथै चुनाउलाई निष्पक्ष अनि स्वतन्त्रता ढङ्गमा सम्पन्न गराउनको निम्ति चुनाउ अधिकारीहरूले शुरूदेखि नै मेहनत गरिरहेका छन्।