गान्तोक जिल्लामा मतदान सामग्री पठाउने कार्य पूरा

n60139085817134534226166c6910135bd2a058fd919cfcba957f2e27307667b9e43ce7e755e27065147fde.jpg

गान्तोक: गान्तोक जिल्ला अन्तर्गत विभिन्न मतदान केन्द्रहरूमा मतदान सामग्री पठाउने कार्य पूरा गरिएको छ। आज बुर्तुकस्थित डीआईईटी कलेजबाट मतदान सामग्री, ईडीएम र वीवीपीएटहरू विभिन्न मतदान केन्द्रहरूको निम्ति पठाइयो। जानकारी अनुसार, मतदानको निम्ति आज पठाइएका मतदान सामग्रीहरू पुलिसकर्मीहरू र अन्य डिजिटल एपद्वारा निरन्तर निगरानी अन्तर्गत जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा पठाइने छ। यस अतिरिक्त, आम चुनाउ २०२४ को निम्ति आरक्षित ईभीएम र वीवीपीएटहरू सम्बन्धित अधिकारीहरू र राजनीतिक पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा स्ट्रङ रूममा सील गरिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement