सुप्रीम कोर्टले दियाे माणिक भट्टाचार्यलाई अतिरिक्त दस्तावेज दर्ता गराउने समय

photocollage_2024418203953809.jpg

नयाँ दिल्ली: सुप्रीम कोर्टले प्राथमिक शिक्षक भर्ती घोटाला मामिलामा पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डका पूर्व चेयरम्यान औ तृणमूल कंग्रेसका नेता माणिक भट्टाचार्यलाई आफ्नो जमानत याचिकामाथि सुनवाईको लागि अतिरिक्त दस्तावेज दर्ता गराउने समय दिएको छ।

जस्टिस बेला त्रिवेदीको अध्यक्षतामा रहेको बेञ्चले सो आदेश दिएको हो।

माणिक भट्टचार्यको पक्षबाट पेश वरिष्ठ वकिल सिद्धार्थ लुथराले भने, उनी केही दस्तावेज दर्ता गराउन चाहन्छन्। उनले भने, माणिक भट्टचार्यलाई सीबीआईको मुद्दामा आरोपी बनाइएको थिएन।

उल्लेखनीय छ, ईडीले माणिक भट्टाचार्यलाई गत वर्ष ११ अक्टोबर, २०२३-मा पक्राउ गरेको थियो। यस मामिलामा कलकत्ता हाई कोर्टले गत १६ नोभेम्बर, २०२४-मा माणिक भट्टचार्यको जमानत याचिकालाई खारेज गरिदिएको थियो। यसै मामिलामा सुप्रीम कोर्टले पछिल्लो १६ फरवरीमा भट्टचार्यका छोरा सौविक भट्टचार्यलाई जमानत दिएको थियो।

ईडीले पश्चिम बंगाल स्टाफ सेलेक्शन कमिशन भर्ती घोटाला मामिलाको जाँच गरिरहेको छ। यस मामिलामा ईडीले माणिकलाई जाँचबुझ गर्नको लागि बोलेको थियो। ईडीले यस मामिलामा पश्चिम बंगालका तत्कालीन उद्योगमन्त्री औ पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जी र उनकी निकटवर्ती अर्पिता मुखर्जीलाई पक्राउ गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *