भीषण वर्षाको कारण एयर इण्डिया तथा इण्डिगोकाे दुबई उड़ानहरू रद्द

dubai-airport-sciencegirlx-2024-04-f4208ba8d017b7577ac78ed761e5e245-1.png

नयाँ दिल्ली: विश्वकै सबैभन्दा व्यस्त एयरपोर्टमा सामेल संयुक्त अरब अमिरातको दुबईमा भइरहेको भीषण वर्षाको कारणले सम्पूर्ण शहर नै जलमग्न भएको छ। दुबईको अन्तरराष्ट्रिय हवाईअड्डा पनि यसबाट अछुतो छैन।

देशका विभिन्न शहरहरूबाट दुबईको निम्ति उड़ान संचालन गर्ने एयर इण्डिया तथा इण्डिगोले हाल आफ्ना उड़ानहरूलाई रद्द गरिदिएका छन्।

टाटाको अगुवाईमा रहेको एयर इण्डिया र इण्डिगोले हफ्तामा दुबई समेत संयुक्त अरब अमिरातका विभिन्न शहरहरूको लागि लगभग ७२ उड़ानहरू संचालन गर्दै आइरहेको छ। इण्डिगोले ‘एक्स पोस्ट’-मा भन्यो, प्रतिकूल मौसम तथा सड़क अवरोधको कारणले हवाईअड्डामा प्रतिबन्ध एवं परिचालन चुनौतीहरूको कारणले दुबई आउने-जाने उड़ानहरूलाई १८ अप्रेलको अपरान्ह १२ बजेसम्मको लागि रद्द गरिएको छ। एयरलाइनले भन्यो, उड़ान विकल्पहरूको जानकारीका लागि https:it.ly/36u4Mh9 -मा पूर्ण फिर्तीको अनुरोध गर्नुहोला।

एयर इण्डियाले बयानमा भन्यो, खराब मौसमको कारणले दुबई अन्तरराष्ट्रिय हवाईअड्डा (डीएक्सबी)-मा उड़ान संचालन हाल बाधित छ जसकारण रद्दीकरण र उड़ानहरूमा विलम्ब भइरहेको छ।

उल्लेखनीय छ, दुबई अन्तरराष्ट्रिय एयरपोर्टलाई दुनियाँकै सबैभन्दा व्यस्त एयर हबको रूपमा मानिन्छ। भारतबाट एयर इण्डिया एयरलाइन र इण्डिगो एयरलाइन अतिरिक्त एयर इण्डिया एक्सप्रेस, विस्तारा एयरलाइन्स र स्पाइसजेटले पनि दुबईको लागि आफ्ना उड़ानहरू संचालन गर्दछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *