शिल्पा शेट्टी र राज कुन्द्राको समस्या बढ्यो, ईडीद्वारा कारबाही

Shilpa-Raj

मुम्बई: बलिवुड नायिका शिल्पा शेट्टीकी श्रीमान राज कुन्द्राको समस्या फेरि बढ्दै गएको छ। प्रवर्तन निर्देशनालय (ईडी)ले बिटक्वाइन पोन्जी घोटालामा राज कुन्द्राको ९७.७९ करोड रुपियाँको सम्पत्ति जफत गरेको छ। यो सम्पत्तिमा शिल्पाको नाममा रहेको जुहुमा रहेको उनको फ्ल्याट पनि समावेश छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन (पीएमएलए) ऐन २००२ को प्रावधान अनुसार यो कारबाही गरिएको हो। जफत गरिएको सम्पत्तिमा जुहुको एउटा फ्ल्याट, पुणेको एउटा बंगला र राज कुन्द्राको नाममा रहेको धेरै इक्विटी सेयरहरू पनि छन्। यस मामिलामा, ईडीले महाराष्ट्र पुलिस र दिल्ली पुलिसले दायर गरेको प्रथामिकीको आधारमा अनुसन्धान शुरु गरेको थियो।

यो प्रथामिकी एम/एस भेरिएबल टेक प्रा. लिमिटेड, अमित भारद्वाज, अजय भारद्वाज, विवेक भारद्वाज, सिम्पी भारद्वाज, महेन्द्र भारद्वाज र केही एजेन्टहरू विरुद्ध यो प्रथामिकी दायर गरिएको छl प्रथामिकीमा भनिएको छ, ‘यी व्यक्तिहरूले कारोब ६६०० करोड रुपियाँको बिटक्वाइन २०१७ मा झुटा वाचको आधारमा निवेशकहरूबाट हासिल गरेका थिए। यस अवधिमा मानिशारूलई १० प्रतिशत फिर्ता गर्ने वाचा गरिएको थियो। यो एक प्रकारको पोन्जी योजना थियो। लगानीकर्ताहरु ठगिएका थिए। ईडीको अनुसन्धानले राज कुन्द्राले यस घोटालाका मास्टरमाइन्ड अमित भारद्वाजबाट २८५ बिटक्वाइन प्राप्त गरेको खुलासा गरेको छ। यी बिटक्वाइनहरू युक्रेनमा बिटक्वाइन खानीमा लगानीको लागि प्राप्त भएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *