रंजन चौधरीको धक्का

adhir-bengal-clash-2024-04-ad6572d8249e1d07576fcbc4a5f98ca3-16x9.png

काेलकाता: मुर्शिदाबादको रेजिनगरमा दंगा भएपछि स्थिति तनाउपूर्ण छ। यसबीच स्थानीय सांसद अधीर रंजन चौधरीको एउटा भीडियो भायरल भएको छ जसमा आफूविरूद्ध विरोध प्रदर्शन गरिरहेका भारतीय जनता पार्टी (भाजपा) कार्यकर्ताहरूदेखि रूष्ट भएर उनले स्थानीय भाजपा नेतालाई नै धक्का दिएका छन्।

भीडियो गए बुधवार रातीको हो जतिबेला उनी रामनवमीको शोभायात्रामा भएको दंगामा घाइते भएका मानिसहरूको स्वास्थ्यबारे जानकारी लिनका लागि मुर्शिदाबाद मेडिकल कलेज एवं अस्पतालमा पुगेका थिए। त्यसबेला भाजपा कार्यकर्ताहरूले उनलाई घेरेर नाराबाजी गरिरहेका थिए। आरोप छ, रिसको आवेगमा एर अधीर रंजन चौधरीले जिल्ला भाजपा अध्यक्ष शखारव सरकारलाई धक्का दिएका छन्।

कथित रूपमा अधीर रंजन चौधरी पुगेपछि भाजपा र कंग्रेस कार्यकर्ताहरूमाझ झड़प भयो। भाजपा जिल्ला अध्यक्ष शखारव सरकार पहिलादेखि नै अस्पतालमा उपस्थित थिए। भाजपा कार्यकर्ताहरूले अधीरलाई घेरेर विरोध गर्न थालेपछि उनका सुरक्षा गार्डहरूले पहिला भाजपा जिल्ला अध्यक्षलाई धक्का दिए। पछि अधीर स्वयंले भाजपा जिल्ला अध्यक्षलाई धक्का दिए। यस घटनाले वरिपरी तनाउ फैलिएको छ।

उल्लेखनीय छ, अधीर चौधरीले चार दिनपूर्व पनि चुनाउ प्रचारको क्रममा आफ्नो नियन्त्रण गुमाएका थिए। प्रचारको क्रममा अधीर रंजन चौधरी गो ब्याक”- को नारा लागेपछि कंग्रेस उम्मेद्वारले नियन्त्रण गुमाएका थिए। उनले एकजना युवकलाई कुट्नका लागि हात उठाएका थिए जसको भीडियो सोशल मीडियामा भायरल भएको थियो। ती युवक तृणमूल कंग्रेससित सम्बन्धित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *