सलमानपछि शाहरुखलाई उच्च सुरक्षा

Shahrukh-Khan.jpeg

मुम्बई: बलिवुडका  अभिनेता सलमान खानको घर बाहिर हालै फायरिङ भएपछि उनको सुरक्षा उच्च बनाइएको केही दिन नबित्दै अर्का अभिनेता शाहरुख खानको सुरक्षा पनि उच्च पारिएको छ। शाहरुख आइपिएलमा आफ्नो टिम कलकत्ता नाइट राइडर्सको समर्थन गर्न चारदिन अघि कोलकातामा थिए। उनी हिजो बेलुका मात्र कडा सुरक्षाबीच कोलकाता बाहिर निस्किएका छन्। शाहरुखको फ्यान क्लबले शेयर गरेको भिडियोमा उनलाई सशस्त्र गार्ड, पुलिस र एयरपोर्ट सुरक्षाकर्मीका साथ देखिएको छ। भिडियोमा एयरपोर्टको टर्मिनलमा शाहरुख कारबाट ओर्लनासाथ सशस्त्र गार्ड, पुलिस र एयरपोर्ट सुरक्षाकर्मीले उनलाई घेरेका छन्। शाहरुखलाई हेर्न पुगेका उनका फ्यानलाई शाहरुखले एयरपोर्ट भित्र प्रवेश गर्नुअघि हात हल्लाएर अभिवादन गरेका छन्। केही दिन अघि सलमानको घर बाहिर सलमानलाई ‘तर्साउन’का लागि दुई व्यक्तिले चार राउण्ड फायरिङ गरेका थिए। सलमानलाई लामो समयदेखि पटक पटक ज्यानको धम्की आइरहेको छ। फायरिङ गर्ने दुई व्यक्ति अहिले पुलिस हिरासतमा छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *