खरसाङको टुरिस्ट लजमुनि पैह्रोले रोड वाधित

IMG-20240418-WA0189.jpg

सभासद र नगरपालिका टोलीद्वारा निरीक्षण

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ९ अन्तर्गत टुरिस्ट लजमुनि पैह्रो गएपछि कप्तान सुरज शर्मा पथ वाधित बनेको छ। टुरिस्ट लजमुनि पैह्रो गएपछि रोडमा गाड़ीहरू कुद्न खतरा भएपछि सड़क बन्द गरिएको छ। खरसाङको टुरिस्ट लजमुनि पैह्रो गएपछि टुरिस्ट लज लगायत वरिपरिका घरहरूलाई पनि खतरा हुने कुरालाई ध्यानमा राखेर खरसाङ नगरपालिका, सभासद र टुरिस्ट लजका पदाधिकारीहरूले उक्त पैह्रोको निरीक्षण गरेका छन्। उक्त पैह्रोको निरीक्षण खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, नगरपालिकाको पदाधिकारीहरू, क्षेत्रीय सभासद श्याम शेर्पा र टुरिस्ट लजका पदाधिकारीहरू उपस्थित रहेर निरीक्षण गरेका थिए। उक्त पैह्रोको कारणले टुरिस्ट र वरिपरिका घरहरूमा हुनसक्ने खतरालाई लिएर साथै रोड खोलाउनलाई पैह्रो मरमत्तिको लागि पर्यटन विभागको म्यानेजरसित भेटघाट गरिएको र पैह्रो मरमत्तिको लागि विभागीय रूपमा कार्य अघि बढ़ाउन ज्ञापन दिइएको जानकारी प्राप्त भएको छ।

उक्त पैह्रोक निरीक्षण गरेपछि खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले अहिले चुनाव आचार संहिता लागु भए पनि रोड खोलाउन र टुरिस्ट लज लगायत वरिपरिका घरहरूलाई खतराबाट जोगाउन आपदकालीन रुपमा पैह्रो मरमत्तिको लागि पहल गरिएको बताएका छन्। उनले चुनाव आचार संहिताको उल्लंघन गरेको होइन तर पैह्रोबाट हुने खतरालाई लिएर खरसाङ महकुमा शासकको सुझावमा सबैलाई जनाएर विभागीय रूपमा यो काम झट्टै शुरु हुन्छ भन्ने कुरामा विश्वस्त रहेको पनि बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *