आफ्नै जन्मथलो खरसाङको टुंगमा चुनाव प्रचार गर्दै प्रार्थी गोपाल लामा

IMG-20240418-WA0182.jpg

सबैले बुथ जिताउन मिशन बुथमा लागि पर्नुपर्छ: अनित थापा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामाले आज खरसाङको टुंगस्थित आफ्नो जन्मथलोमा चुनाव प्रचार गर्नको साथै चुनावी सभालाई सम्बोधन पनि गरेका छन्। प्रार्थी गोपाल लामाले आफ्नो सम्बोधनमा आफ्नो गाउँले माया गर्छन् भन्ने आशा रहेको बताउँदै यस गाउँबाट एकजना सांसद बन्न पाए सबैको लागि गर्वको कुरा रहेको बताएका छन्। उनले सिलगढी क्षेत्रका विभिन्न जातका संघ संस्थाहरूले आफुलाई सहयोग गरिरहेको र पहाड़का सम्पूर्ण गोर्खा समुदाय र अन्यले झन बेसी सहयोग गर्ने कुरामा आशावादी रहेको बताएका छन्। गोपाल लामाले दार्जीलिङको ब्राण्डलाई यथावत् राख्नु पर्ने बताउँदै हरेक क्षेत्रमा दार्जीलिङ पहाड़को नामलाई उच्चमा राख्नु पर्ने बताएका छन्। उनले भने, ‘मैले मेरो जातिको लागि केही गर्नुपर्छ भन्ने मलाई थाहा छ। भविष्यमा जातिको लागि केही गर्नेछु। टुंग मेरो आफ्नै गाउँ हो र यहाँबाट मलाई धेरै आशा रहेको बताएका छन्।दार्जीलिङ संसदीय सिटको लागि तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई आज भागोप्रमो टुंग सन्त मेरिज समष्टिको समर्थकहरूले खरसाङको सन्त मेरिजदेखि नै स्वागत गरेका थिए। टुंग सन्त मेरिज समष्टिको टुंगमा पुगेपछि समर्थकहरूले गोपाल लामालाई स्वागत जनाउँदै केही यात्रा गरेपछि टुंगस्थित पेट्रोल पम्प परिसरमा पुगेर चुनावी पथ सभामा परिणत भएको थियो। टुंग गोपाल लामाको जन्मथलो र आफ्नो गाउँ हो। टुंगमा उनलाई भागोप्रमोको समर्थकहरू साथै उनको गाउँलेहरू र आफन्तहरूले पनि स्वागत जनाएका थिए। टुंगमा आयोजित चुनावी सभामा प्रार्थी गोपाल लामाको दाजु निमा लामा अनि भाउजु छिमी ओङ्मु पनि उपस्थित रहेका थिए। चुनावी सभालाई उनको भाउजु छिमी ओङ्मु, पूर्व सांसद शान्ता छेत्री, प्रार्थी गोपाल लामा अनि भागोप्रमोका केन्द्रीय अध्यक्ष अनित थापाले पनि सम्बोधन गरेका थिए। चुनावी सभालाई सम्बोधन गर्दै भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले गोपाल लामा जस्तो अभिभावक पाएर हाम्रो यात्रा सफल बनेको र उनी जस्तो व्यक्ति पाएर अब पहाड़को राजनैतिक संस्कार पनि सुध्रेर जाने पनि बताएका छन्। उनले सबै आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अब सबैले बुथ जिताएको हुनुपर्छ र अब मिशन बुथमा लागि पर्नु पर्ने बताएका छन्।

थापाले भने, गोपाल लामालाई मधेशका विभिन्न समुदाय र संघ संस्थाहरूले सहयोग गरिहेका छन् भने यता पहाड़को जनताले पनि सय प्रतिशत दिएर सहयोग गर्ने आह्वान् गरेका छन्। यस चुनावी सभा र चुनावी यात्रा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पाले हामी टुंग सन्त मेरिज समष्टिबाट यसपाली गोपाल लामाले पूर्ण रूपमा जीत हाँसिल गर्ने दाबी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement