राजु बिष्टको समर्थनमा मिथुन चक्रवर्तीले गरे रोड शो

IMG-20240418-WA0169-1

सिलगढी: भाजपाकानेता तथा बलिउड अभिनेता मिथुन चक्रवर्तीले दार्जीलिङ लोकसभा क्षेत्रका भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा रोड शो गरेl मिथुन चक्रवर्तीलाई हेर्नको लागि ठूलो भीड देखियो। मिथुन चक्रवर्तीले सिलगढीको गुरुङ बस्ती मोडदेखि श्री गुरु विद्यामन्दिर स्कूलसम्म रोड शो गरे। यस रोड शोमा सयौं भाजपा कार्यकर्ता र समर्थकहरू उपस्थित थिए। आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भाजपाप्रति जनताको लगाव बढ्दै गएको बताए। ‘भाजपाको भीड जति बढ्दै जान्छ, मुख्यमन्त्रीलाई त्यति नै चिन्तित बनाइन्छ’, उनले भने। भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा गुरुङ बस्तीबाट सिलगढीको श्री गुरु विद्यामन्दिर स्कुलसम्मको रोड शोका क्रममा मिथुन चक्रवर्तीलाई हेर्न सडकको दुवै छेउमा भीड जम्मा भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *