तृणमूल उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढीमा चुनाव प्रचार जुलुस

IMG-20240418-WA0131

सिलगढी: दार्जीलिङलोकसभा निर्वाचन क्षेत्रका तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाको समर्थनमा सिलगढी नगरपालिकाको वार्ड नम्बर १७ मा जुलुस निकालियो। वार्ड काउन्सिलर तथा नम्बर ३ नम्बर बोरो अध्यक्ष मिली सिन्हा, नगरनिगमका मेयर गौतम देव, अन्य तृणमूल कार्यकर्ताहरू र समर्थकहरू जुलुसमा सहभागी थिए। जुलुस वार्ड नम्बर १७ को कार्यालय अगाडिबाट शुरु भएर कलेजपारा बाघाजतिन पार्क छेउछाउमा पुग्यो। मेयर गौतम देवले गोपाल लामाको पक्षमा मतदान गर्न सबैलाई अपिल गरेका छन्। रामनवमी पदयात्राको बारेमा मेयर गौतम देवले भने, ‘रामनवमी पदयात्रामा भाजपाका उम्मेदवार र कार्यकर्ताहरूले चासो देखाए तर तृणमूलका कार्यकर्ताहरूले पनि भाग लिए। राम सबैको हृदयमा बस्छ, त्यसैले रामनवमीको जात्राले चुनावमा कुनै फरक पर्दैन।‘

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *