बक्सा पहाडमा चुनावमा खटिएका कर्मचारीलाई स्याटेलाइट फोनको व्यवस्था

IMG-20240418-WA0138

अलिपुरद्वार: मोबाइल नेटवर्क नभएकाले मतदानमा खटिएका कर्मचारीसँग सञ्चार गर्न स्याटेलाइट फोनका साथै ‘वाटरप्रूफ ब्याग’लगायतका सामग्रीसमेत उपलब्ध गराइएको छ। यी सबै सामानहरू अलिपुरद्वार लोकसभासँग सम्बन्धित बक्सा हिलको तीन बुथमा मतदान गर्न जाने मतदान कर्मचारीहरूलाई निर्वाचन आयोगले दिएको छ। बक्सा पहाडमा रहेको मतदान केन्द्रमा पुग्न पहाडको बाङ्गो बाटो पार गर्नुपर्ने हुन्छ। त्यहाँ मतदान गर्ने कर्मचारीहरूसँग मोबाइल फोनमा सम्पर्क गर्न लगभग असम्भव छ।

त्यसैले यो समस्या समाधान गर्न आयोगले तत्कालै समाचार पाउनसक्ने गरी लोकसभा निर्वाचनमा स्याटेलाइट फोन प्रयोग गर्ने निर्णय गरेको हो। साथै, पहाड चढ्ने क्रममा वर्षा वा कुनै दुर्घटनाबाट इभिएमलाई जोगाउन विशेष ‘वाटरप्रुफ ब्याग’ राखिएको छ। बक्साको ११/२३३, ११/२३४ र ११/२३५ नम्बरका तीन बुथमा निर्वाचन आयोगले यी ब्याग र स्याटेलाइट फोनहरू उपलब्ध गराउँदै आएको छ। यो ब्याग मुख्यतया उत्तराखण्डको दुर्गम क्षेत्रमा जानका लागि प्रयोग हुने गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *