कोचबिहारका १९,६६,८९३ मतदाताले १४ उम्मेदवारको भाग्यको फैसला गर्ने

IMG-20240418-WA0143

कोचबिहार: भोलि (१९ अप्रेल) पहिलो चरणमा पश्चिम बंगालको तीन सिटमा मतदान हुँदैछ। ५६.२६ लाखभन्दा बढी मतदाताले यहाँ ३७ उम्मेदवारको भाग्यको फैसला गर्नेछन्। बुधबार साँझ ६ बजे, कोचबिहार (एससी), अलिपुरद्वार (एसटी) र जलपाईगढी (एससी) सीटहरूमा चुनाव प्रचार सकियो। कोचबिहार सीटको लागि सात स्वतन्त्र उम्मेद्वारसहित १४ उम्मेदवारहरू मैदानमा छन्। जसको भाग्य १९ लाख ६६ हजार ८ सय ९३ मतदाताले तय गर्नेछन्। यसमा महिला मतदाताको संख्या ९५ हजार १९१७ र पुरुष १ लाख १ हजार ४६१३ रहेको छ भने तेस्रोलिङ्गी मतदाताको संख्या ३३ रहेको छ। ज्येष्ठ नागरिक मतदाताको संख्या १३०२५ र नयाँ मतदाताको संख्या ५३८५४ रहेको छ।

कोचबिहारमा मतदानका लागि कुल २०४३ मतदान केन्द्रहरू बनाइएको छ। निर्वाचन प्रक्रियामा १२ हजार १ सय ८० मतदान कर्मचारी सहभागी छन्। निर्वाचन कर्मचारीको आवतजावतका लागि १ हजार ३ सय ७७ सवारी साधन परिचालन गरिएको छ। कोचबिहारमा संवेदनशील बुथहरूको संख्या १९६ छ। शान्तिपूर्ण निर्वाचनका लागि यहाँ ११३ केन्द्रीय बल कम्पनी तैनाथ गरिएको छ। भाजपाले २०१९ मा जितेका केन्द्रीय राज्यमन्त्री निशिथ प्रामाणिकलाई उम्मेदवार बनाएको छ भने तृणमूलले जगदीशचन्द्र बर्मा बसुनियालाई उम्मेदवार बनाएको छ। वाम मोर्चा समर्थित फर्वार्ड ब्लकले नितिशचन्द्र राय र कांग्रेसले पिया रायचौधरीलाई उम्मेदवारी दिएको छ। बहुजन समाज पार्टीले पनि यहाँ उम्मेदवारी दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *