श्रीलंका महिला क्रिकेट टीमको रेकर्ड जीत

IMG-20240418-WA0170.jpg

पोचेफ्स्ट्रूम: श्रीलंका र दक्षिण अफ्रिकाबीच खेलिएको महिला वनडे इण्टरनेशनल क्रिकेट म्याचमा एकाधिक रेकर्ड बनियो। बुधवार यहाँ खेलिएको म्याचमा श्रीलंकाई टीमले महिला वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो लक्ष्यलाई हासिल गर्ने वर्ल्ड रेकर्ड बनायो। म्याचमा दक्षिण अफ्रिकी महिला टीमले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ३०१ रन बनाएको थियो। त्यसपछि श्रीलंकाई टीमले पनि उचित जवाफ दिँदै ४४.३ ओभरमा ४ विकेटमा ३०५ रन बनाएर रेकर्ड जीत हासिल गऱ्यो। यसरी श्रीलंका महिला वनडे क्रिकेटमा ३०० भन्दा अधिकको लक्ष्यलाई हासिल गर्ने पहिलो टीम बन्यो। यसअघि यो रेकर्ड अष्ट्रेलियाको नाममा रहेको थियो, जसले २०१२-मा न्यूजील्याण्ड विरुद्ध २८९ रनको लक्ष्यलाई हासिल गरेको थियो। लक्ष्यलाई हासिल गरेको म्याचमा श्रीलंकाको ३०५ र दक्षिण अफ्रिकाको ३०१ रन दुवै टीमको संयुक्त सर्वाधिक स्कोर हो। यसअघि २०१७ वर्ल्ड कपको अवधि ईंग्ल्याण्डले बनाएको ३७४ रनको जवाफमा दक्षिण अफ्रिकाले ९ विकेटमा ३०५ रन बनाएको थियो।

म्याचमा श्रीलंकाको तर्फबाट कप्तान चमारी अतापत्तूले १३९ बलमा अविजित १९५ अनि दक्षिण अफ्रिकाबाट कप्तान लौरा वूल्भार्ड्टले १४७ बलमा अविजित १८४ रन बनाइन्। यी दुईजना पुरुष र महिला दुवै वनडे इण्टरनेशनल क्रिकेटको इतिहासमा एउटा म्याचमा १७५ रनभन्दा अधिकको ईनिंग्स खेल्ने पहिलो कप्तान जोड़ी बन्यो। यसरी यी दुईले मिलेर बनाएकी जम्मा ३९० रन वनडे इण्टरनेशनलमा दुवै कप्तानले बनाएको सर्वाधिक रन हो। यसअघि यो रेकर्ड विराट कोहली र एञ्जेलो म्याथ्यूजको नाममा रहेको थियो। राँचीमा २०१४-मा यी दुवैले अविजित १३९ रन बनाएका थिए।
चमारीले बनाएकी अविजित १९५ रन महिला वनडे इण्टरनेशनलमा लक्ष्यलाई पीछा गरेको मामिलामा सर्वाधिक व्यक्तिगत स्कोर हो। पहिला यो रेकर्ड अष्ट्रेलियाकी मेग लेनिंगकी नाममा रहेको थियो, जसले २०१७-मा श्रीलंका विरुद्ध अविजित १५२ रन बनाएकी थिइन्। अहिले पुरुष र महिला वनडे इण्टरनेशनलमा चमारी भन्दा अघि एकमात्र अष्ट्रेलियाका ग्लेन म्याक्सवेल रहेका छन्, जसले गत वर्ष वर्ल्ड कपमा अफगानिस्तान विरुद्ध अविजित २०१ रन बनाएका थिए। चमारीको यो स्कोर तेस्रो सबैभन्दा ठूलो अविजित व्यक्तिगत स्कोर पनि हो। महिला वनडे इण्टरनेशनलमा उनी १७५ भन्दा अधिकको स्कोर दुईपल्ट बनाउने पहिलो खेलाड़ी हुन्। श्रीलंकाई महिला टीमले वनडे इण्टरनेशनलमा अहिलेसम्म ९ वटा शतक बनाएको छ अनि यी सबै चमारीले बनाएकी छन्। अहिलेसम्म केवल दुईजना महिला खेलाड़ीले चमारीभन्दा अधिक शतक बनाएकी छन्। यसरी दक्षिण अफ्रिकाकी कप्तान लौरा वूल्भार्ड्टले बनाएकी अविजित १८४ रन महिला वनडे इण्टरनेशनलमा पाँचौं सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो। यसअघि चमारीले वर्ष २०१७-मा अष्ट्रेलिया विरुद्ध पनि अविजित १७८ रन बनाएकी थिइन् तर त्यस म्याचमा श्रीलंका पराजित भएको थियो। चमारीले नीलाक्षिका (अविजित ५०)-सँग पाँचौं विकेटको निम्ति १७९ रनको अटूट पार्टनरशीप गरिन्, जुन महिला वनडे इण्टरनेशनलमा पाँचौं या त्यसभन्दा तलको विकेटको निम्ति दोस्रो सबैभन्दा ठूलो पार्टनरशीप हो। यो श्रीलंकाई महिला टीमबाट महिला वनडे इण्टरनेशनलमा दोस्रो सबैभन्दा ठूलो पार्टनरशीप पनि हो। यसअघि २०२३-मा न्यूजील्याण्ड विरुद्ध यी दुई खेलाड़ीले नै तेस्रो विकेटको निम्ति १९० रनको अटूट पार्टनरशीप गरेकी थिइन्। म्याचमा चमारीले २६ वटा चौका र ५ वटा छक्का लगाइन्। यसरी वूल्भार्ड्टले २३ वटा चौका र ४ वटा छक्का लगाइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *