दक्षिण बंगालमा प्रचण्ड गर्मी, उत्तर बंगालका पाँच जिल्लामा पानी पर्ने सम्भावना

प्रतीकात्मक तस्वीर

कोलकाता: पश्चिम बंगालमा गएको केही दिनदेखि प्रचण्ड गर्मी बढेको छ। मौसम विभागले आगामी दिनमा बंगालमा पानी पर्ने सम्भावना नरहेको जनाएको छ।  साताको अन्त्यमा गर्मी अझ बढ्ने सम्भावना छ। अलिपुर मौसम विभागले शुक्रबारदेखि आइतबारसम्म दक्षिण बंगालमा गर्मी झन् बढ्ने जनाएको छ। यसैबीच कोलकातामा पनि गर्मीको लहरको बढेको छ। अहिले यो गर्मीबाट मानिसहरूलाई राहत पाउने आशा छैन।

मौसम विभागका अनुसार दक्षिण बंगालमा क्रमश गर्मी बढ्ने छ। बिहान ११ बजेदेखि बेलुकी ४ बजेसम्मका अत्यावश्यक काममा बाहेक घाममा घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ। भोलि अर्थात शुक्रबारदेखि आठ जिल्ला पूर्व र पश्चिम मेदिनीपुर, झारग्राम, पुरुलिया, बाँकुरा, पूर्व र पश्चिम बर्दवान, वीरभूममा अत्याधिक गर्मी जारी रहनेछ। योसँगै गर्मीको लहर पनि आउने सम्भावना छ। बाँकी सात जिल्लामा पनि गर्मीको अवस्था रहने छ। यो अवस्था आइतबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुख्खा पश्चिमी वायुको प्रभावले पश्चिमी जिल्लामा गर्मी बढ्ने छ। आगामी तीन दिनमा तापक्रम २ देखि ३ डिग्री सेल्सियससम्म बढ्न सक्नेछ। दक्षिण बंगालमा वर्षाको सम्भावना छैन। साथै, आगामी ३ दिनमा उत्तर बंगालका जिल्लाहरुमा पनि २ देखि ३ डिग्री सेल्सियसले तापक्रम बढ्न सक्नेछ। मालदामा गर्मीको अवस्था सिर्जना भएको छ। तर आज र भोलि उत्तर बंगालका ५ जिल्लामा पानी पर्ने सम्भावना छ। दार्जीलिङ, कालेबुङ, अलिपुरद्वार, कोचबिहार, जलपाईगढीका यी पाँच जिल्लामा हल्का वर्षा र ३० देखि ४० किलोमिटरको गतिमा तेज हावा चल्ने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement