अहमदाबाद: गुजरात टाइटन्सले आफ्नो होम ग्राउण्डमा दिल्ली क्यापिटल्स विरुद्ध ठूलो अन्तरले हारको सामना गर्नु पऱ्यो। बुधवार राति नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्स केवल ८९ रन बनाएर अलआउट भयो। त्यसपछि दिल्लीको टीमले ८.५ ओभरमा अर्थात ६७ बल बाँकी रहँदै जीत हासिल गऱ्यो। म्याच हारेपछि गत दुई सीजनको फाइनलिस्ट गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई निराश देखियो। उनले भने, आज हाम्रो ब्याटिंग एकदमै औसत रह्यो। हामीले मजबूतीको साथ आफ्नो प्रदर्शनलाई अघि ल्याउनु पर्ने थियो। विकेट ठीक थियो। हाम्रा केही खेलाड़ीहरू आउट हुने तरिकालाई हेर्दा त्यसको पीचसँग कुनै लेनदेन नभएको थाहा हुन्छ। आज हाम्रा खेलाड़ीहरूका शट् चयन राम्रो थिएन। गिलले अझ भने, विपक्षी टीमले केवल ९० रनको लक्ष्यलाई पीछा गर्दा कुनै डबल ह्याट्रिकले मात्र तपाईंलाई जीत दिलाउन सक्छ। हाम्रो निम्ति सीजन आधा बाटोमा पुगिसकेको छ अनि हामीले केवल ३ वटा म्याच जितेका छौं। अब गत केही सत्र जस्ता आउँदो ७-मा ५-६ वटा म्याच जितेर टीमले प्लेअफ्-मा स्थान बननाउने आशा गरेका छौं।

म्याचको कुरा गर्दा गुजरातको टीम आफ्नो होम ग्राउण्ड नरेन्द्र मोदी स्टेडियममा १७.३ ओभरमा केवल ८९ रन बनाएर अलआउट भयो। यो आईपीएलको जारी सीजनको सबैभन्दा कम्ती स्कोर हो। आठौं नम्बरमा ओर्लिएर राशिद खानले ३१ रन नबनाएको भए टीमको स्कोर अझ दयनीय रहने थियो। शीर्ष क्रममा कप्तान शुभमन गिल ८, रिद्धिमान साहा २, साई सुदर्शन १२, डेविड मिलर २, अभिनव मनोहर ८, राहुल तेवतिया १० र शाहरुख खान शून्य रनमा आउट भए। दिल्लीका बलरहरूमा मुकेश कुमारले सर्वाधिक ३ विकेट हासिल गरे। यसरी ईशान्त शर्मा र ट्रिस्टन स्टब्सले २-२ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले ५३ बलमा ४ विकेटमा ९२ रन बनाएर म्याच जित्यो। ज्याक फ्रेजर-म्याकगर्कले सर्वाधिक २० रन बनाए। यसबाहेक साई होपले १९, कप्तान रिषभ पन्तले अविजित १६ र अभिषेक पोरेलले १५ रन बनाए। टाइटन्सका बलरहरूमा सन्दीप वरीयरले सर्वाधिक २ विकेट लिए।