सन्न्यासको फसेला ब‌द्लिएर नारिन टी२० वर्ल्ड कपको निम्ति वेष्ट इण्डिज टीममा फर्किने सम्भावना

IMG-20240418-WA0089.jpg

काेलकत्ता: आईपीएल २०२४-मा ब्याट र बल दुवैको साथ उत्कृष्ट प्रदर्शनले गर्दा कलकत्ता नाइट राइडर्स (केकेआर)-का स्टार अलराउण्डर सुनिल नारिन यस साल हुने टी२० वर्ल्ड कपको निम्ति वेष्ट इण्डिज टीममा फर्किन सक्छन्। राजस्थान रोयल्स विरुद्ध म्याचपछि नारिनले भने, अहिले त मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको छु तर भविष्यमा के हुनेछ भन्ने कसैले थाहा छैन। यसरी वेष्ट इण्डिज टी२० टीमका कप्तान तथा आईपीएलमा राजस्थान रोयल्सबाट खेलिरहेका रोवमन पावेलले पनि उनी नारिनलाई फसेला बद्लिन फकाइरहेको कुरा स्वीकार गरे। उनले भने, सन्न्यासको फसेला फिर्ता लिन म गत १२ महिनादेखि नारिनलाई लगातार फकाइरहेको छु तर उनले कसैले सुन्दैनन्। मैले यसबारे कायरन पोलार्ड, ड्वेन ब्राभो र निकोलस पूरनसँग पनि चर्चा गरेको छु। टी२० वर्ल्ड कपको टीमको चयन हुँदासम्म नारिनले हाम्रो आग्रहलाई स्वीकार गर्ने आशा गरेको छु। सुनिल नारिनले आईपीएल २०२४-मा अहिलेसम्म एउटा शतकसहित २७६ रन बनाइसकेका छन्। यसको साथमा उनले ७ विकेट पनि लिएका छन्। नारिनले गत वर्ष नोभेम्बरमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *