यूएफा च्याम्पियन्स लीगः रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा पुग्न सफल भयो रियल म्याड्रिड र बायर्न म्यूनिख

IMG-20240418-WA0048.jpg

लण्डन: यूएफा च्याम्पियन्स लीग फूटबलमा गत विजेता म्यानचेष्टर सिटीको बिदावारी सुनिश्चित गर्दै रियल म्याड्रिडले सेमिफाइनलमा स्थान बनायो। यसरी बायर्न म्यूनिखले पनि रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। बुधवार राति खेलिएको क्वार्टर फाइनल चरणको दोस्रो लेगको म्याचमा रियल म्याड्रिडले म्यानचेष्टर सिटीलाई उनीहरूकै होम ग्राउण्डमा पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। म्याचको नियमित अनि अतिरिक्त समयमा स्कोर १-१-को बराबरीमा रहेको थियो। प्रतियोगितामा रेकर्ड १४ पल्टको च्याम्पियन रियल म्याड्रिड र गत विजेता सिटीबीच यसअघि खेलिएको पहिलो लेगको म्याच पनि ३-३-ले ड्र भएको हुनाले सेमिफाइनल खेल्ने टीमको चयन गर्न पेनल्टी शूटआउटको सहारा लिइयो, जसमा रियल म्याड्रिडले सिटीलाई ४-३-ले पराजित गऱ्यो। रियल म्याड्रिडको यस रोमाञ्चक जीतमा गोलकीपर एण्ड्रिय लुनिन हीरो रहे। चोटग्रस्त नियमित गोलकीपर थिबाउट कोर्टिसको स्थानमा मौका पाउने युक्रेनका यस गोलकीपरले पेनल्टी शूटआउटमा सिटीका खेलाड़ी बर्नार्डो सिल्वा र मातेओ कोवासिचको स्पट किकमा असाधारण शेभ गरे। यसरी आफ्नो होम ग्राउण्डमा ६८ प्रतिशत पोजेशनको साथ खेल्दै ३३ पल्ट रियल म्याड्रिडको पोस्टमा हमला गरेर पनि सिटीले टुर्नामेण्टबाट बिदा लिनु पऱ्यो। सिटीको तुलनामा रियलले चाहिँ केवल ८ पल्ट विपक्षी पोस्टमा प्रहार गर्न सक्यो। म्याचमा शुरुदेखि नै चरम दबाउमा रहे पनि रियल म्याड्रिडलाई रोड्रिगोले बढ़त दिलाए। फर्ममा रहने ब्राजीलका यस फरवर्डले स्पेनिश क्लबलाई १२औं मिनटमा बढ़त दिलाए, जुन निक्कै लामो समयसम्म कायम रह्यो। रियलको पोस्टमा लगातार आक्रमण गर्ने सिटीले अन्तमा गएर ७६औं मिनटमा सफलता हासिल गऱ्यो। अनुभवी केविन डी ब्रूयेनले होम टीमलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि नियमित समय र अतिरिक्त समयको खेलमा पनि स्कोरमा फेरबदल नहुँदा पेनल्टी शूटआउट गराइयो, जसमा भाग्य रियलको पक्षमा रह्यो।

सेमिफाइनलमा रियल म्याड्रिडको भिड़न्त जर्मनीको क्लब बायर्न म्यूनिखसँग हुनेछ। बायर्न म्यूनिखले अन्य एउटा रोमाञ्चक म्याचमा आर्सनल विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यसअघि खेलिएको पहिलो लेगको म्याच २-२-ले ड्र रहेको हुनाले समग्रमा (दुई लेग मिलाएर) ३-२-ले विजयी भएर बायर्न म्यूनिखले सेमिफाइनलको टिकट हासिल गऱ्यो। साल २०२०-मा खिताब जितेपछि बायर्नको यो पहिलो सेमिफाइनल म्याच हुनेछ। ईंग्लिश प्रीमियर लीगमा केही दिन अघि मात्र एस्टन भिल्ला विरुद्ध पराजित भएर शीर्ष स्थान गुमाउने आर्सनलले बायर्न विरुद्ध पनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सकेन। बुधवार राति आफ्नो होम ग्राउण्ड आलियाञ्ज एरेनामा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने बायर्नले आर्सनलमाथि शुरुदेखि नै दबाउ सृष्टि गऱ्यो। म्याचको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि दोस्रो हाफमा चाहिँ जोशुआ किमिचले बायर्नलाई बढ़त दिलाए। म्याचको ६३औं मिनटमा किमिचले दिलाएको त्यही गोल नै अन्तमा बायर्नको निम्ति निर्णायक साबित भयो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *