गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपालको समर्थनमा प्रवीण बस्नेत, अश्वीन बस्नेत र अभ्यास छेत्री अघि आएका छन्। उनीहरू आज उम्मेदवार नेपालको उपस्थितिमा भाजपामा सामेल भएको प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा बताएको छ।
विज्ञप्ति अनुसार, भाजपामा सामेल हुने प्रवीण बस्नेत, अश्वीन बस्नेत र अभ्यास छेत्री भरत बस्नेतका भतिजहरू हुन्। विगतमा कांग्रेस अध्यक्ष रहेका आफ्नै काका भरत बस्नेतले केन्द्रमा उचित समन्वय राख्न नसक्ने बताउँदै उनीहरू भाजपाका लोकसभा उम्मेदवार दिनेशचन्द्र नेपाललाई समर्थन दिएको बताइएको छ।
पार्टीमा सामेल हुँदै उनीहरूले केन्द्रसित उचित समन्वय कायम गर्ने, सिक्किमे जनताको सही आवाज केन्द्रसमक्ष पुऱ्याउन अनि त्यसलाई कार्यान्वयन गर्ने क्षमता केवल भाजपाबाट मात्र सम्भव भएको बताएको पनि विज्ञप्तिमा उल्लेख छ। उनीहरूले सिक्किमे जनता-जनार्दनलाई अपील गर्दै अन्य भ्रामक प्रचारबाजीमा विश्वास नगरी भाजपालाई समर्थन दिन आह्वान गरेको पनि बताइएको छ।











