स्वर्ण पदक जित्ने लक्ष्यले प्रेरित छौंः हरमनप्रीत

IMG-20240417-WA0298.jpg

नयाँ दिल्ली: अष्ट्रेलिया यात्रामा निराशाजनक प्रदर्शनपछि स्वदेश फर्किने भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीत सिंहले बुधवार पेरिस ओलम्पिकको निम्ति १०० दिन बाँकी रहेको छ अनि अब हरेक दिन, हरेक अभ्यास सत्र र प्रशिक्षण सत्रको प्रयोग यसको तयारीहरूलाई मजबूत गर्नमा गरिने बताए। टोक्यो ओलम्पिकमा ऐतिहासिक काँस्य पदक जित्ने भारतीय टीम अहिले वर्ल्ड ऱ्याङकिंगमा छैटौं स्थानमा रहेको छ। भारतीय कप्तानको टिप्पणी हालै अष्ट्रेलिया यात्रामा भारतको निराशाजनक प्रदर्शनपछि आएको छ, जहाँ आयोजक टीमले पाँचवटा म्याचको सीरीज ५- ०-ले जितेको थियो। हरमनप्रीतले भनेका छन्, हामी अहिले अष्ट्रेलियाको मुश्किल यात्राबाट फर्किएका छौं। एउटा छोटो ब्रेकपछि हामी फेरि मैदानमा ओर्लिनेछौं। पेरिस ओलम्पिक शुरु हुन अब केवल १०० दिन बाँकी छ अनि टीममा उत्साह बढ़िरहेको छ। स्वर्ण पदक जित्ने हाम्रो साझा लक्ष्यले प्रेरित भएर हाम्रो टीममा एकजुटता लगातार बढ़िरहेको छ। टीमका मुख्य प्रशिक्षक क्रेग फुल्टोनले ओलम्पिकको तयारीहरूलाई ध्यानमा राखेर हाम्रो निम्ति साप्ताहिक कार्यक्रम तयार गरेका छन्। भारतले गत वर्ष हांगझोऊ एशियन गेम्समा स्वर्ण पदक जितेर पेरिस ओलम्पिकको निम्ति कालीफाई गरेको थियो। यसरी भारतीय टीमका उपकप्तान हार्दिक सिंहले बताएअनुसार, पेरिस खेलहरू अघि टीमको कमजोरीहरूलाई हटाउनु पर्नेछ। उनले भने, अष्ट्रेलिया विरुद्ध टेस्ट सीरीजमा हामीलाई आफ्नो कमजोर पक्षहरूबारे थाहा लाग्यो। यसमा हामीले द्रुत सुधार गर्नु पर्नेछ। शिविरमा फर्किएपछि हामी यसमाथि काम गर्नेछौं। पेरिस ओलम्पिकमा भारत पूल बी-मा गत च्याम्पियन बेल्जियम, अष्ट्रेलिया, अर्जेण्टिना, न्यूजील्याण्ड र आयरल्याण्डसँग रहेको छ। भारतको पहिलो म्याच २७ जुलाईमा न्यूजील्याण्ड विरुद्ध रहेको छ। कार्टर फाइनलमा स्थान बनाउन भारत शीर्ष चारमा रहनु पर्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *