धीमा ओभर रेटको निम्ति अय्यरलाई शास्ती

IMG-20240417-WA0296.jpg

काेलकत्ता: काेलकत्ता नाइट राइडर्स (केकेआर)-का कप्तान श्रेयस अय्यरमाथि राजस्थान रोयल्स विरुद्ध आईपीएल २०२४-को म्याचमा धीमा ओभर रेटले गर्दा १२ लाख रुपियाँको जरिमाना लगाइयो। केकेआर-ले मंगलवार राति राजस्थान रोयल्स विरुद्ध २ विकेटले हारको सामना गर्नु पऱ्यो, जसमा विजेता टीमका जोस बटलरले ६० बलमा अविजित १०७ रन बनाए। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, आईपीएलको न्यूनतम् ओभर रेटसँग सम्बन्धित आचार संहिताअन्तर्गत यो उनको टीमको पहिलो अपराध थियो। यसैकारण टीमका कप्तान श्रेयस अय्यरमाथि १२ लाख रुपियाँको जरिमाना लगाइयो। यो रोयल्सको सातौं म्याचमा छैटौं जीत थियो जबकि केकेआर-ले जारी सीजनमा ६ वटा म्याच खेलेर दुईवटा हारेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *