सिक्किममा भारतीय जनता पार्टीको सरकार बनिनेछ: डीआऱ थापा

photocollage_2024417232853402.jpg

गान्तोक: सिक्किममा जनताले भोट हाल्दा कसैले डराउनु पर्दैन, सिक्किममा भारतीय जनता पार्टीको सरकार बनिनेछ। कसैले धम्क्याउँदैमा जनता डराउँनु पर्दैन, भारतीय जनता पार्टी सदैव पार्टीका कार्यकर्ताहरूको पक्षमा खडा छ।’ उक्त कुरा प्रेदश अध्यक्ष डीआऱ थापाले गान्तोक जिल्लाका व्यापारी समुदायलाई सम्बोधन गर्दै भनेका हुन्।

हालैमा मुख्यमन्त्रीले जोरथाङमा दिएको भषणबारे बोल्दै प्रदेश भाजपा अध्यक्ष थापाले मुख्यमन्त्रीलाई अब जनतालाई धम्क्याउन बन्द गर्न आह्वान गरे। उनले सिक्किमका जनता अब धमासले डराउँदैन भन्दै मुख्यमन्त्रीले पाँच वर्ष काम गरेको भए जनतालाई धम्की दिइरहनु पर्दैन थियो भने। उनले काम नगरेर आफ्नो धरातल खुस्किसकेको थाहा पाएपछि धम्कीले भोट जित्छु भन्ने सोच नराख्दा हुन्छ भनी बताए।

उनले सिक्किममा चुनाउ निपक्ष नभएको र सत्ताधारी पार्टीले पैसाको चलखेलमा भोट जित्ने प्रसाय गरिरहेको आरोप लगाए। भाजपा सिक्किमले राज्यपाल र चुनाउ अधिकारीको कार्यालयको ध्यान आकर्षित गराएको र झट्ट यसमाथि हस्तक्षेपको माग गरेको उनले जनभेलालाई जानकारी गराए।

उनले सिक्किममा क्षेत्रीय पार्टीले राज्यलाई लुटिरहेको आरोप लगाउॅंदै भने, सिक्किमलाई ५० हजार करोडभन्दा धेर बाँकीमा डुबाएको छ। क्षेत्रीय पार्टीहरूलाई ५० साल राज गर्न मौका दिॅंदा सिक्किमले गरीबी, भ्रष्टाचार, बेरोजगारी, अशान्ति पाएको छ। उनले अबको पालो भाजपाको हो, सिक्किममा कमल फुल्छ, कसैले रोक्न सक्दैन भन्दै भाजपालाई मिर्धक्क भोट गर्न आग्रह गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement