भारतीय जनता पार्टीले एकपल्ट सिक्किमको सेवामा पाँच वर्षको मौका माग्दै

photocollage_2024417232853402.jpg

गान्तोक: भारतीय जनता पार्टीले एकपल्ट सिक्किमको सेवामा पाँच वर्षको मौका माग्दै सिक्किम र सिक्किमेको हितमा काम गर्ने तथा सिक्किमको मूलभूत राजनैतिक अधिकार सुनिश्चित गर्ने काममा कुनै कसर नछोड्ने भन्दै एकपल्ट भोट दिएर सत्तामा पुऱ्याउन आग्रह रहेको छ।

सिक्किम प्रदेश अध्यक्ष डीआर थापाले सिक्किमका केन्द्रमा सरकारमा थाँतीमा रहेका मागहरू देखि सिक्किमको समग्र विकासमा भारतीय जनता पार्टीबाट मात्रै सम्भव हुने कुरा प्रष्ट पार्दै ५० वर्ष क्षेत्रीय पार्टीहरूलाई दिएको र अब एकपल्ट राष्ट्रिय पार्टीलाई मौका दिएर सिक्किमको भविष्य बचाउन सबैले साथ दिन उनले आह्वान गरे।

केन्द्र सरकारलाई नरिझाई सिक्किमको केही भलो नहुने भन्दै केन्द्रमा भाजपा सरकार आउने निश्चित छ भने सिक्किममा पनि भाजपाले सरकार बनाए सिक्किमका राजनीतिक मुद्दादेखि रोजगार, शुसाशन, युवाहरूका विभिन्न योजना, सिक्किमलाई शैक्षिक हब, मेक-इन्-सिक्किम, गतिशक्ति मार्फत सडक यातायातको व्यवस्थापन, खेलकूदमा सिक्किमलाई अबल राज्य बनाउने, बौद्ध सर्किटसित सिक्किमका विभिन्न मठ-मन्दिर, गुम्पाहरूलाई जोडेर धार्मिक पर्यटन गन्तव्य बनाउने जस्ता योजनाहरू रहेको थापाले जानकारी दिए।

गत वर्ष टिस्टामा आएको बाढ अनि प्रभावित जनताका लागि उचित व्यवस्थापन गर्न भाजपा गम्भीर रहेको जानकारी दिँदै छ महिना बित्तिसक्दा पनि बाढ पीडित जनताले उचित क्षतिपूर्ती नपाएको, राज्य सरकारले पुनःनिर्माणका लागि उचित र यथेष्ठ कोशिश नगरेको आरोप लगाए। उनले भाजपा सरकारमा आएपछि यसको सम्पूर्ण जाँच गराउने अनि टिस्टा ड्याम परियोजना माथि सीबीआई जाँच गराएर दुःखद त्रासदीका निम्ति जवाबदेहिता सुनिश्चित गराउने थापाले जनाए।

हालैमा वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले विद्यार्थीहरूलाई लोभ्याउने जुन घोषणा गरेका छन् त्यसमाथि तीब्र आलोचना गर्दै विद्यार्थीले राम्रो शिक्षा, कलेज अनि गुणस्तर शिक्षाका लागि आवाज उठाउँदा जेल हाल्नेले विद्यार्थीहरूलाई कसरी न्याय दिन सक्छ भन्दै उल्टा प्रश्न गरे। उनले सिक्किममा केही कसैको विरोधी नभएको तर भाजपा बाहेक अरू विकल्प अरू नरहेको ठोकुवा गरे।

उनले व्यापारी समुदायलाई भाजपालाई भोट गर्न अपील गर्दै व्यापारी समुदायको हित र रक्षा कसैले गरेको छ भने त्यो भारतीय जनता पार्टीले मात्र गरेको छ भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *