२१ मईः भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धु शनिवार यहाँ सेमिफाइनलमा ओलम्पिक च्याम्पियन चेन यु फेई विरुद्ध सीधा गेममा पराजित भएर थाईल्याण्ड ओपनबाट बाहिर भइन्। दुईपल्टकी ओलम्पिक पदक विजेता सिन्धुलाई तेस्रो वरीयता प्राप्त चेनले १७-२१, १६-२१-ले पराजित गरिन्। यस हारको साथै भारतीय शट्लरको सुपर ५०० टुर्नामेण्टमा असाधारण अभियान पनि समाप्त भयो। छैटौं वरीयता प्राप्त सिन्धुले यस म्याचको अघिसम्म चेन विरुद्ध जीतको रेकर्ड ६-४ थियो तर उनले चीनकी खेलाड़ी विरुद्ध पहिला जस्तो प्रदर्शन गर्न सकिनन्। यसरी नै चेनले आक्रामक ब्याडमिण्टन खेलेर जीत हासिल गरिन्। हैदराबादकी २६ वर्षीय खेलाड़ीले यसअघि चेन विरुद्ध २०१९-को बीडब्ल्यूएफ विश्व टूर फाइनल्समा हारको सामना गर्नु परेको थियो।
पहिलो गेममा ३-३-को बराबरीमा पुगेपछि सिन्धु ब्रेकसम्म ७-११-ले पछि रहेकी थिइन्। चेनले ऱ्यालीहरूमा असल प्रदर्शन गर्न जारी राखिन् अनि पाँच गेम पोइण्टलाई कायम राखिन्। सिन्धुले २ गेम पोइण्ट त बचाइन् तर चीनकी प्रतिद्वन्द्वीलाई पहिलो गेम जित्नदेखि रोक्न सकिनन्। विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले दोस्रो गेममा असल शुरुवात गर्दै ६-३को बढ़त हासिल गरिन् अनि ब्रेकसम्म बढ़तलाई कायम राखिन्। विश्वकी चौथो नम्बरकी खेलाड़ीले पनि चाँड़ै लय हासिल गर्दै गेमलाई नियन्त्रणमा ल्याइन् अनि १५-१२-को बढ़त हासिल गरिन्। त्यसपछि सिन्धुले लय गुमाइन् अनि चेनले ४ म्याच पोइण्ट हासिल गरी म्याच जितिन्। यस सत्रमा सैयद मोदी अन्तर्राष्ट्रिय र स्विस ओपनको रूपमा दुईवटा सुपर ३०० खिताब जित्ने सिन्धुले अब ७-देखि १२ जूनसम्म जकार्तामा हुने इण्डोनेशिया मास्टर्स सुपर ५०० टुर्नामेण्टमा हिस्सा लिनेछिन्।