आफूले गरेको काम देखेर जनताले पूनः जिताउने छन्: जीटी ढुङ्गेल

IMG-20240417-WA0291.jpg

गान्तोक: अप्पर तादोङ निर्वाचन क्षेत्रमा आफूले गरेको काम हरेर पनि जनताले मतदान गर्नसक्ने उम्मेदावर जीटी ढुङ्गेलले दावी गरेका छन्। आज तादोङ स्थित डाँडामा उनको निजी निवासमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ढुङ्गेलले उक्त कुरा बताएका हुन्। विशेष गरेर आफूले पाँच वर्षको अवधिमा सो क्षेत्रमा कुनै जात र धर्म नहेरी समानरूपमा काम गरेको र सबैको हितमा बराबर काम गरेको किटान गरे। उक्त निर्वाचन क्षेत्रमा मन्दिर, गुम्बा, चर्च र मस्जिदको पनि निर्माण गरिएको र कसैमाथि भेदभाव नराखी काम गरेको अवगत गराए। पाँच वर्षको कार्यकालमा अप्पर तादोङ निर्वाचन क्षेत्रमा धेरै विकासका कामहरू भएको र सबै रोगीहरूलाई उपचारको निम्ति व्यक्तिगत साथै सरकारको तर्फबाट सहयोग पुऱ्याएको गुण अब जनताले फर्काउन सक्ने जानकारी गराए। चुनाउ प्रचारको क्रममा प्राय सबैको घरमा पुग्ने कोशिष गरेको तर समयको अभावले गर्दा कतिपयलाई भेट गर्न नसकेको हुनाले आज उनले पत्रकार सम्मेलनको माध्यमद्वारा उनीहरूलाई एसकेएम पार्टीको चिन्ह टेबल ल्याम्पमा भोट हालेर विजयी गराउने आग्रह गरे। आफू पून विजयी भएको खण्डमा यस निर्वाचन क्षेत्रका जनताको सेवामा समर्पित गर्ने बचन दिए। चुनाउ प्रचार प्रसारको क्रममा प्रत्येक मतदाताहरूलाई प्रत्यक्षरूपमा भेट गर्ने अवसर प्राप्त भएको र सबैबाट सकारात्मक प्रतिक्रिया आएको बताए। यस वर्ष दोस्रो पल्ट चुनाउको मैदानमा उत्रिएको र पहिलाको चुनाउमा आफूसँग आधा समर्थकहरू रहेको तर यस वर्ष भने सबै मतदाताहरू आफूसँग रहेकोले अब चुनाउको परिणाम राम्रो आउन सक्ने उनले सम्भावना व्यक्त गरेका छन्। अप्पर तादोङ निर्वाचन क्षेत्रका जनताको प्राय जसो काम गरेको र जसले काम गर्छ उसले अवश्य पनि जित्न सक्ने बताए। आफूले गरेको कामको प्रभाव जनतामा परेको हुनाले सबैले आफूलाई मन पराएको किटान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement