गान्तोक: आरिथाङ निर्वाचन क्षेत्रका उम्मेदवार अरूण उप्रेतीको समर्थकहरूले आज व्यापकरूपमा ऱ्याली आयोजना गरे। यस ऱ्यालीमा धेरै मात्रमा जनताको सहभागिता रहेको थियो। पत्रकारहरूसँग कुराकानी गर्दै उनले मुख्यमन्त्री प्रेम सिंह तामाङले दिनरात गरेर काम गरेको देखेर जनताले अहिले निःस्वार्थ भावनाले एसकेएम पार्टीलाई सहयोग पुऱ्याएको जानकारी गराए। यस निर्वाचन क्षेत्रमा पच्चीस वर्षसम्म पूर्व सरकारले गर्न नसकेको काम एसकेएम सरकारले पाँच वर्षको अवधिमा गरेर देखाएको जनताले यो कुरा बुझीसकेको र यसपाली टेबल ल्याम्पको चिन्हमा भोट हालेर विजयी गराउने अवगत गराए। विशेष गरेर यस निर्वाचन क्षेत्रमा एउटा राम्रो सडक पनि पूर्व सरकारले निर्माण गर्न नसकेको हुनाले यहाँका जनताले यातायातको समस्या भोग्नु परिरहेको थियो। तर एसकेएम पार्टी सरकारमा आउनसाथ सडक मार्ग राम्रो हुनुपर्ने आरिथाङ निर्वाचन क्षेत्रका जनताको मागलाई प्राथमिकता दिँदै गुणस्तरीय सडक निर्माण गरेकोमा अहिले यहाँका जनता एसकेम पार्टी साथै सरकारप्रति आभार रहेको जानकारी गराए। आजको ऱ्याली आरिथाङको जिरो पोइन्टबाट शुरू भएर देउराली पुगेर समापन भएको थियो। यस अवसरमा उम्मेदावर उप्रेतीलाई लाल बजारका जनताले भव्यरूपमा स्वागत जनाएका थिए।