निशिथ प्रमाणिकले उदयन गुहाका गतिविधिहरूलाई नियन्त्रण गर्ने उजुरी

108626420.png

काेलकाता: पहिलो चरणको मतदान हुनपूर्व काेचबिहारबाट भाजपा उम्मेद्वार तथा केन्द्रियमन्त्री निशिथ प्रमाणिकले उत्तर बंगाल विकासमन्त्री उदयन गुहाका गतिविधिहरूलाई नियन्त्रण गर्ने उजुरी गरेका छन्।

उनले चुनाउ आयोगलाई पत्र लेखेर माग गरेका छन्, उदयन गुहा मतदानको दिन आफ्नो मतदान केन्द्रदेखि अर्को क्षेत्रमा जान नसकुन्।

निशिथ प्रमाणिकको भनाइ छ, उदयन गुहाले हिंसक गतिविधिहरूको सहारा लिरहेका छन्। उनले पुलिस कर्मीहरूलाई प्रभावित पारिरहेका छन् तथा तृणमूल कंग्रेसका कार्यकर्ताहरूलाई हिंसा गर्नको लागि उक्साइरहेका छन्। मतदानको दिन यदि उनलाई नियन्त्रण गरिएन भने शान्तिपूर्वक मतदान सम्भव हुन सक्दैन।

बुधवार निशिथ प्रमाणिकले उक्त पत्र चुनाउ आयोगलाई पठाएका छन् र यसमाथि तत्काल कदम उठाउने माग गरेका छन्। अर्कोतिर उदयमान गुहाले भनेका छन्, उनी स्वयं प्रताड़ित भइरहेका छन् साथै उनीमाथि आक्रमणहरू भइरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement