आगामी पाँच वर्षमा गरीबहरूका लागि ३ करोड़ अझै नयाँ घर बनाइनेछ: प्रधानमन्त्री

n60106695217133749430780f41ee2dc8972e6a4d40bbb50f73542339e91bd73c5662a5322f9f17ec69ad25.jpg

नलबाड़ी: भाजपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी पाँच वर्षमा गरीबहरूका लागि ३ करोड़ अझै नयाँ घर बनाइनेछ, बिना भेदभावको सबैको घर बनाइनेछ भनेका छन्।
उनी आज बुधवार असमको नलबाड़ीको बरकूरामा एक चुनावी ऱ्यालीलाई सम्बोधित गरिरहेका थिए।

आफ्नो सम्बोधन प्रधानमन्त्रीले माँ कामाख्या तथा माँ कालीलाई प्रणाम गरी शुरू गरे। उनले असमिया भाषामा उपस्थित जन समूहलाई रंगाली बिहूको शुभकामना दिए।

प्रधानमन्त्रीले भने, आज रामनवमीको अवसर हो। ५०० वर्षको पर्खाईपछि अन्ततः भगवान राम आफ्नो भव्य मन्दिरमा विराजमान भएका छन्। आज देशले शताब्दीको साधना र पीढ़ीहरूको बलिदानको सिद्धिलाई सेलिब्रेट गरिरहेछ। यति भारी संख्यामा तपाईको उपस्थिति, यो भीड़ महान ब्रह्मपुत्रको विस्तारभन्दा कम छैन। यो पब्लिक मीटिङ तीन तला छ। एक त लाखौं मानिस मेरो सामू बसेका छन्। दोस्रो हजारौं मानिस त्यहाँ माथि बसेका छन् र तेस्रो सैकड़ौं मानिस माथि सड़कमा खड़ा भएर सम्बोधन सुनिरहेका छऩ् अर्थात् शायद यो पहिलो सभा होला, जुन तीन तला सभा भइरहेछ। ४ जूनमा परिणाम के हुन्छ, यो आज पूरा देशले देखिरहेछ। यसैले मानिसहरूले भनिरहेका छन्, ४ जून ४ सयमाथि: फेरि एक पल्ट मोदी सरकार।

उनले भने, २०२४ मा मोदीले तपाईबीच एक आशा लिएर आएको थियो। २०१९ मा मोदी जब आयो तब एक विश्वास लिएर आय़ो र २०२४ मा आज जब मोदी असम आएको छ, मोदी गारन्टी लिएर आएको छ। मोदीको गारन्टी अर्थात् गारन्टी पूरा हुने गारन्टी। बहाग बिहूको दिन भाजपाले आफ्नो संकल्प पत्र जारी गरेको छ। भाजपा त्यो पार्टी हो, जसले सबैको साथ, सबैको विकासको मन्त्र लिएर हिँड्छ। एनडीए सरकारको योजनाहरूमा कुनै भेदभाव हुँदैन। त्यसको लाभ हरेकले पाउँछ। अब एनडीएले देशको हरेक नागरिकसम्म पुगेर जुन सुविधाको उक्त व्यक्ति पत्र छ, त्यो सुविधा उसलाई दिइने अठोट गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *