बंगाल सफारी पार्कका  बाघिन शीलाका पाँचवटै नयाँ शावकहरूको लिंग निर्धारण

08_07_2022-tigeress_with_cubs2_22874845_18653207.webp

सिलगढ़ी: बंगाल सफारी पार्कका अधिकारीहरूले बाघिन शीलाका पाँचवटै नयाँ शावकहरूको लिंग निर्धारण गरेका छन्। सफारी सूत्र अनुसार पाँचवटा शावकहरूमा एक नर र चार मादा छन्।
आमा सहित सबै पाँचवटा नानीहरू हाल स्वस्थ छन्। उल्लेखनीय छ, बंगाल सफारीकी बाघिन शीलाले गत मार्चको शुरूआतमा पाँचवटा शावक जन्माएकी थिई। तबदेखि नै आमा र पाँचवटा शावकहरूलाई रैन बसेरामा भिन्न-भिन्न राखिएको थियो।

राज्य चिड़ियाघर प्राधिकरण (पश्चिम बंगाल चिड़ियाघर प्राधिकरण)- का सदस्य सचिव सौरभ चौधरीले बताए, बाघिन शीलाले मार्चको प्रारम्भमा पाँचवटा शावक जन्माएकी थिई। आमा र पाँचैवटा शावकहरू स्वस्थ छन्। शावकहरूलाई विशेष ध्यान दिइँदैछ। संक्रमणदेखि बच्नको साथै शीलाले आफ्ना शावकहरूको हेरचाह गरोस् भनेर केही सप्ताहपछि शावकहरूको लिंग निर्धारण गरियो। शीलाले शावकहरूलाई हरदम आफूसित राख्दछ। समयमा स्तनपान पनि गराउँछ। यसैले शीलालाई स्वस्थ राख्नको लागि अधिक मात्रामा पेय पदार्थ, सुप, भिटामिन दिइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement