ईण्डिया गठबन्धनले भाजपालाई पेलेको खबरले भाजपा नेताहरूको निन्द्र हराम भएको छ: केबी वातर

IMG-20240417-WA0278.jpg

दार्जीलिङ: ईण्डिया गठबन्धनले भाजपालाई पेल्दै लान्दैछ भन्ने खबरले भाजपा नेताहरूलाई निन्द्र लागेको छैन भन्ने सुनिन्दैछ भन्ने पहाडको माकपा नेता केबी वातरले बताएका छन्। ईण्डिया गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चुनावी जनसभा आज विजनबारीमा सम्पन्न भयो। आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पहाडको माकपा नेता केबी वातरले ईण्डिया गठबन्धनले भाजपालाई पेल्दै लान्दैछ भन्ने खबरले भाजपा नेताहरू दिन प्रतिदिन विसन्चो हुँदै जान्छ। दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रबाट भाजपा उम्मेद्वार राजु विष्टले रूपियाँ पैसा खर्च त गर्दैछ। तर उनलाई पनि आफ्नो हारको चिन्ताले सताई राखेको छ। उसलाई पनि निन्द्रा लागेको छैन भन्ने खबर छ वातरले भने। भारतीय जनता पार्टीले दार्जीलिङको गोर्खाहरूलाई एउटा काँटी समेत दिएन भनेर गोजमूमो अध्यक्ष विमल गुरूङले अघिबाटै भनी सकेको छ। तर विमल गुरूङलाई सीबीआई केसको डर देखाएर भाजपालाई समर्थन गर्न लगाएको छ। समर्थन नगरेको खण्डमा मदन तामाङको केसमा जेलमा हाल्ने धम्की दिएको छ भन्ने वातरले आरोप लगाए।भारतीय जनता पार्टीले आफ्नो घोषणा पत्र जारी गर्न अघि पहाडको भाजपा समर्पित दलको नेताहरूले हाम्रो मुद्दाहरू घोषणा पत्रमा कोरिन्छ भन्ने दावी गरेको थियो। तर भाजपाको घोषणा पत्रमा गोर्खाहरूको समस्याबारे एक शब्द पनि कोरिएको छैन वातरले भने। दार्जीलिङको गोर्खा सैनिक भर्ती केन्द्र यहाँबाट लगेर गयो। लेबुङको आर्मी अस्पताल असम पूराए। भारतीय जनता पार्टी हामीलाई गोर्खाल्याण्डको सपना देखाउँदै हाम्रो भोट लान्दैछ। मोदीले गणतन्त्रको हत्या गर्दैछ। देशको संविधानलाई बिगार्ने काम गर्दैछ। भाजपाको शत्रु कांग्रेस हो। बाम फ्रण्टको शत्रु भाजपा हो, शत्रुको शत्रु मित्र हुन्छ वातरले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement