दार्जीलिङ: मोदी सरकारले देशको अवस्था सोचनीय बनाएको छ र हाम्रो नानीहरूको भविष्यसँग खेलवाड गरेको छ भनी कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले बताएका छन्। ईण्डिया गठबन्धन समर्थित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चुनावी जनसभा आज बिजनबारीमा सम्पन्न भयो। आयोजित सभामा कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङ स्वयम् उपस्थित थिए। त्यसरी नै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स, माकपा नेता केबी वातर आदि उपस्थित रहेका थिए।आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले मोदी सरकारले देशको अवस्था सोचनीय बनाएको आरोप लगाएका छन्। डाक्टर तामाङले भने, केन्द्र सरकारले युवा जमातहरूलाई बेरोजगारको दिशातिर दिन प्रतिदिन धकेल्दै लाँदैछ। हाम्रो युवा भाइ बहिनीहरूको भविष्य अन्धकारतिर लम्किन्दै जान्दैछ। रोजगारको ब्यवस्था ठीक छैन, शिक्षा ब्यवस्था पनि दिन प्रतिदिन खस्किन्दै जान्दैछ। आफु स्वयम् दिल्ली विश्व विद्यालयमा पढाउने एकजना शिक्षक भएको नाताले देशको शिक्षा व्यवस्था खस्किन्दै गएको अनुभव गर्दैछु। विश्व विद्यालयहरूको वार्षिक शुल्कहरू दिनप्रति दिन बढ्दै जान्दैछ। हाम्रा गरीब बाबा आमाहरूले चाहेर पनि प्राइभेट कलेजहरू पढाउन सक्दैनन्। योभन्दा ठूलो दु:खको कुरा अरू के हुन सक्छ। विगतको चुनावमा प्रधानमंत्री नरेन्द्र मोदीले रोजगार दिने वाचा गरेको थियो तर खै??? डाक्टर तामाङले प्रश्न तेर्साए। रेलवे होस् अनि विभागहरूमा भर्तीको निम्ति जाँच परीक्षाको घोषणा र मिति तय गर्छ। हाम्रो नानीहरूले रात दिन अध्ययन गरेर एक राज्यदेखि अर्को राज्यमा परीक्षा दिनु जान्छ। तर त्यहाँ पूग्दा नपुग्दा परीक्षा पत्र लिक भएको खबर आउँछ अनि हाम्रो नानीहरू परीक्षा दिनु नपाई फर्केर आउनपर्छ। देश भष्ट्रचारमा डुब्दै जान्दैछ ती नानीहरूको एक वर्ष सित्थैमा जान्छ। उनीहरूले भूक्तान गरेको प्रबेश शुल्क सित्थैमा खेरो जान्छ यस्तो प्रकारले केन्द्रको मोदी सरकारले हाम्रो नानीहरूको भविष्यसंग खेलवाड गर्दैछ डाक्टर तामाङले भने।