तीनधारे क्षेत्रमा राम नवमीको पूजा सम्पन्न

IMG-20240417-WA0275.jpg

खरसाङ: राम नवमीको अवसरमा तीनधारे क्षेत्रमा पनि भक्तिभावको साथमा पूजा अर्चना गरी पालन गरिएको छ। तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा राम नवमीको अवसरमा पूजा अर्चना सम्पन्न गरिएको छ। तीनधारे रामेश्वर शिवालय मन्दिर सुधार समितिको आयोजनामा आज राम नवमीको पूजा अर्चना सम्पन्न भएको छ। उक्त पूजा अर्चना पण्डित राजेन निरौलामार्फत् सम्पन्न गरिएको छ। उक्त राम नवमीको अवसरमा विश्व शान्तिको लागि हवन पनि गरिएको जानकारी प्राप्त भएको छ। यस अवसरमा राम नवमीको पूजामा क्रिकेट बजार लगायत तीनधारे क्षेत्रको भक्तजन उपस्थित रहेका थिए।

यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै रामेश्वर शिवालय मन्दिर सुधार समितिक सचिव बिनयकुमार छेत्रीले राम नवमीको शुभकामना सबै भक्तजनलाई दिएका छन्। उनले रामनवमीको अवसरमा आयोजित पूजामा उपस्थिति सबै भक्तजनप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement