चिया बगानका श्रमिकहरूको समस्या लिएर हाम्रो पार्टी अघि आए

21-27-21-kur.jpg

मिरिक: हाम्रो पार्टी मिरिकका प्रतिनिधिहरू चिया बगानका श्रमिकहरूको समस्या लिएर अघि आएका छन्। हाम्रो पार्टीका मिरिक महकुमा अध्यक्ष प्रशान्त लामा, लाडुप घिसिङ, बिक्रान्त राई, आशिष तामाङ, सुरेन छेत्री साथै ओकाइटी चियाबगानको स्थानीय प्रतिनिधिहरुको साथमा आज ओकाइटी चियाबगानको वरिष्ठ प्रबन्धक पंकज छोबेसित भेटवार्ता गरेर ओकाइटी चिया बगानका श्रमिकहरूको विभिन्न समस्या तथा मागहरूलाई लिएर कुराकानी गरेको बताइएको छ। भेटवार्ता अवधि चिया बगानका श्रमिकहरुको वर्तमान दैनिक हाजिरी २३५ रुपियाँ पुगेको तर चिया बगानका श्रमिकहरुको दैनिक हाजिरी लेबर एक्ट अनुसार ३५५ रुपियाँ हुनुपर्ने साथै बगान श्रमिकहरूको पुजा बोनस यसपालीदेखि २० प्रतिशत भन्दा कम नहुनु पर्ने अनि बोनसको रकम दुई किस्तीमा नभएर एकै किस्तीमा दिनुपर्ने बगान प्रबन्धकसित माग गरिएको हाम्रो पार्टीका लाडुप घिसिङले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *