अनित थापाको उपस्थितिमा निकालियो धार्मिक रैली
खरसाङ: आज खरसाङ क्षेत्रमा राम नवमी भक्तिभावको साथमा पालन गरिएको छ। राम नवमीको अवसरमा खरसाङ बजारमा विराट रैली निकालिएको छ। उक्त रैली खरसाङको मोटर स्ट्याण्डबाट शुरु भएर हिलकार्ट रोड हुँदै अस्पताल मोड़बाट वर्ध्दमान भएर पुन: मोटर स्ट्याण्डसम्म हुँदै खरसाङको नयाँ बजारस्थित जगनाथ मन्दिर परिसरमा पुगेर समापन भएको छ। राम नवमीको अवसरमा जगनाथ मन्दिरमा पूजा अर्चना गरिएको छ। राम नवमीको अवसरमा आयोजित रैलीमा जीटीएको प्रमुख कार्यपाल अनित थापाको पनि गेरुवा वस्त्रमा विशेष रूपमा उपस्थित रहेका थिए। उनी पनि राम नवमीको रैलीमा आयोजित रैलीमा सामेल भएर शहर परिक्रमा गरेका थिए।

यस अवसरमा राम, सिता र लक्ष्मणको भेषभूषामा झाँकीहरू पनि प्रदर्शन गरिएको थियो। राम नवमीको अवसरमा खरसाङको गिध्द पहाड़ क्षेत्रमा वर्षेनी लाग्ने मेला यसपाली पनि आयोजना गरिएको थियो जहाँ विभिन्न स्थानहरूबाट मानिसहरू उपस्थित रहेका थिए।