पवन चामलिङले दिएक रामनवमी एवम् चैत दशैंको हार्दिक शुभकामना

1000637169.jpg

गान्तोक: एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले रामनवमी एवम् चैत दशैंको हार्दिक शुभकामना व्यक्त गरेका छन्। चामलिङ आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘चैत शुक्लपक्षको नवौं तिथिमा भगवान विष्णुका सातौं अवतारको रूपमा मर्यादापुरुषोत्तम रामले यस धरामा जन्म ग्रहण गर्नुभएको पावन अवसरमा प्रतिवर्ष रामनवमी हामी पालन गर्दछौं।

रामनवमीलाई हामी चैत्र नवरात्रिको रूपमा अनि सांस्कृतिक रूपमा चैते दशैंको रूपमा पनि पालन गर्दछौं।’

उनले अझ भनेका छन्, ‘पृथ्वीमा लङ्कापति रावणको घोर अत्याचारले मानिसहरूमा त्राहिमाम् फैलँदा भगवान विष्णुले रावणको नाश गर्न रामको अवतार लिनुभएको थियो भन्ने विश्वास गरिन्छ। भगवान राम मिथ्या, अहङ्कार, क्रूरता, हिंसा र पापविरुद्ध सत्य, स्नेह, न्याय, प्रेम र मर्यादाका प्रतीक हुनुहुन्छ। यस पर्वले हजारौं वर्षदेखि मानवलाई सत्य र धर्मको मार्गमा प्रेरित गर्दै आइरहेको छ।’

भगवान रामले सम्पूर्ण मानव समुदाय अनि विशेष रूपमा सिक्किमेली जनगणका त्रासदी, दुःख-कष्ट, रोग-शोक र भोग निवारण गरून् अनि सुख-शान्ति र समृद्धि प्रदान गरून् भनी उनले कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement