कोलकाता/डायमण्ड हार्बर: अखिल भारतीय तृणमूल कांग्रेसका महासचिव तथा डायमण्ड हार्बर लोकसभा निर्वाचन क्षेत्रबाट तृणमूल कांग्रेसका उम्मेदवार अभिषेक ब्यानर्जीले आज (१७ अप्रेल)राम नवमी अवसरमा बडी कचहरी मन्दिरमा मन्दिरमा पूजाअर्चना गरे। पहिलो चरणको मतदान अघि, अभिषेक ब्यानर्जीले मंगलबार कोचबिहार, अलिपुरद्वार र जलपाईगढीमा जनसम्पर्क अभियान गरे। उनी आज दिउँसो बडा कचहरी मन्दिर पुगे। रामनवमीको दिन उनले मन्दिरमा दर्शन गर्नुका साथै पूजाअर्चना गरे। पूजापछि बाबा बडी कचारीको आशीर्वाद लिएर पार्टी कार्यालय अमतला स्थित फर्किएl पार्टी कार्यालयमा केही समय बिताएपछि अभिषेक ब्यानर्जी कार्यकर्ताहरूसँग चुनावी रणनीतिबारे चर्चा गर्न कोलकाता प्रस्थान गरे।