राज्यपालले स्वयं सुरक्षाको जाँच गर्ने

west-bengal-governor-cv-ananda-bose.webp

काेलकाता: लोकसभा चुनाउको पहिलो चरणको मतदान  १९ अप्रेलदेखि शुरू भइरहेको छ। पहिलो चरणको मतदान कुचबिहार, जलपाईगुड़ी र अलिपुरद्वारमा हुनेछ। उक्त चुनाउलाई मध्यनजर गर्दै पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले त्यस दिन कुचबिहारमै बस्ने निर्णय लिएका छन्।राजभवन सूत्र अनुसार राज्यपाल सीवी आनन्द बोसले बिहीवार बिहान उत्तर बंगालको भ्रमण गर्नेछन्। उत्तर बंगालका कुचबिहार, जलपाईगुड़ी औ अलिपुरद्वारमा आगामी शुक्रवार मतदान भइरहेको छ, यसैले राज्यपालले स्वयं सुरक्षाको जाँच गर्नेछन्। यद्यपि सुरक्षाको दृष्टिले चुनाउ आयोगले त्यहाँ दुईजना विशेष पर्यवक्षेक राखिरहेको भए पनि आनन्द बोसले चुनाउ अवधि कुचबिहारमा बसेर मतदान प्रक्रियामाथि नजर राख्ने निर्णय लिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *