भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा गोपाल लामालाई विभिन्न स्थानहरूमा स्वागत

IMG-20240417-WA0261.jpg

बोल्नुभन्दा बेसी काम गर्नुमा विश्वास राख्नुपर्छ: गोपाल लामा

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समर्थित तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामालाई भागोप्रमो तीनधारे महानदी समष्टीको विभिन्न स्थानहरूमा स्वागत जनाइएको छ। बिहान सुकनादेखि गोपाल लामाको चुनावी यात्रा शुरू भएको थियो भने भागोप्रमो तीनधारे महानदी समष्टिको समर्थकहरूले सर्वप्रथम रंगटङ्गमा स्वागत जनाएका थिए। रंगटङ्गमा शिवखोला ग्राम पञ्चायत अन्तर्गत पर्ने सिपाहीधुरा, नरबुङ, शिवखोला, सिमिरिङ, मालुटार क्षेत्रका भागोप्रमो समर्थकहरूले गोपाल लामालाई स्वागत जनाएका थिए। भागोप्रमो तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र सभापति राजीव थापा लगायत समष्टीका प्रतिनिधिहरूले पनि गोपाल लामालाई स्वागत जनाएका थिए। रंगटङ्गमा प्रार्थी गोपाल लामाले जनतालाई सम्बोधन गर्दै बेसी बोलेर केही हुन्न, बरू बोल्नुभन्दा काम गर्नुमा विश्वास गर्नुपर्छ भनी बताए। उनले काम गरेर देखाउनु सक्नुपर्छ भन्दै अनि बोलेर होइन तर कर्ममा विश्वास गर्नुपर्छ भनी बताएका छन्। लामाले काम गर्दै जानुपर्छ र जितेपछि राम्रोसित भेटघाट गरौं र मिलेर काम गरौं भनी बताए। उनले आज जसरी सबैले मिलेर स्वागत गर्नु भयो त्यसरी नै आगामी 26 अप्रेलको दिन पनि सबैले माया दिने निवेदन गरेका छन्। उक्त अवसरमा राजीव राईले पनि सम्बोधन गरेका थिए। रंगटङ्गदेखि गोपाल लामालाई घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत चुनभट्टीमा स्वागत जनाइएको थियो जसमा घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाले सञ्चालन गरेका थिए। त्यसपछि तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा पनि स्वागत जनाइएको थियो। तीनधारेबाट उनलाई घैयाबारीमा भव्य स्वागत जनाइएको थियो। घैयाबारीमा प्रार्थी गोपाल लामा आफ्ना समर्थकहरूसित केही क्षण पैदल यात्रा पनि गरेका थिए। घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत पर्ने विभिन्न क्षेत्रहरू जस्तै नयाँ कमान, सिलिम हिल, जोगमाया र घैयाबारी क्षेत्रबाट आएका भागोप्रमोका प्रतिनिधिहरूले घैयाबारीस्थित रेलवे स्टेशनमा प्रार्थी गोपाल लामालाई स्वागत जनाएका थिए। उनको उपस्थितिमा चुनावी सभा पनि सम्पन्न भएको थियो जसमा प्रार्थी गोपाल लामा लगायत भागोप्रमोको केन्द्रीय उपाध्यक्ष एंव सभासद प्रमोस्कर ब्लोन, ट्रेड युनियनबाट गणु छेत्री, भूतपूर्व सैनिकबाट अर्जुन योञ्जन, भागोप्रमो तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म साथै भूषण थापाले वक्तव्य राखेका थिए। सभालाई पञ्चायत समिति सदस्य वाङ्दी लामाले सञ्चालन गरेका थिए। त्यसरी नै प्रार्थी गोपाल लामालाई महानदीमा पनि भव्य स्वागत जनाइएको थियो। महानदी ग्राम पञ्चायत अन्तर्गत सिविटार, गिताङ्गे, जंगपाना, घुम्ती र महानदी क्षेत्रका भागोप्रमो समर्थकहरूले महानदीको चौकीडाँड़ामा भव्य स्वागत जनाएका थिए। त्यहाँबाट उनी महानदीको रेलवे स्टेशन परिसरसम्म आफ्ना समर्थकहरूसित पैदल यात्रा गर्दै गएका थिए। उक्त चुनावी पैदल यात्रामा समर्थकहरूले ‘गोपाल लामा जिन्दावाद र अनित थापा जिन्दावाद’ को नारा लगाएका थिए। महानदीमा पनि प्रार्थी गोपाल लामाको पक्षमा चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई पञ्चायत सदस्य राजीव तामाङले सञ्चालन गरेका थिए भने प्रार्थी गोपाल लामा र शेखरचन्द्र प्रधानले सम्बोधन गरेका थिए। भागोप्रमो तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा प्रार्थी गोपाल लामालाई स्वागत साथै चुनावी सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र भगोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले गोपाल लामाको जीत निश्चित रहेको दाबी गरेका छन्। दुवैले बताए अनुसार यसपाली भागोप्रमो समर्थित प्रार्थी गोपाल लामाले भारी मतले बिजय हाँसिल गर्ने र प्रार्थी गोपाल लामाको पक्षमा सम्पन्न आजको चुनावी यात्रामा उपस्थित रहेका भागोप्रमो तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूका समर्कहरू र पदाधिकारीवर्गलाई धन्यवाद दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *