रियलमीद्वारा P1 5G र P1 Pro 5G स्मार्टफोन लञ्च

realme-P1-5G-Phoenix-Red-and-Peacock-Green-01-1.jpg

काेलकत्ता: भारतमा लोकप्रिय स्मार्टफोन ब्राउण्ड रियलमीले आफ्नो P1 सीरीज भारतमा लञ्च गरेको छ। यस सीरीजअन्तर्गत दुईवटा स्मार्टफोन रियलमी P1 5G र रियलमी P1 Pro 5G स्मार्टफोन लञ्च गरिएको छ। यो एक मीडरेञ्ज स्मार्टफोन सीरीज हो, जसमा पावरप्याक्ड परफर्मेन्स प्राप्त हुन्छ। यसको साथै ठूलो ब्याट्री र शक्तिशाली चिपसेट प्रदान गरिएको छ। फोनलाई एक्वा टच र आईपी ५४ रेटिंग दिइएको छ, जसले गर्दा स्क्रिन पानीले भिजे या धुलो लागे पनि स्मार्टफोन सहज रूपमा चल्नेछ ।
दुईवटा स्मार्टफोनको मूल्यः
रियलमी P1 5G मोडललाई दुईवटा स्टोरेज भेरियण्टमा पेश गरिएको छ। यसमा ६ जीबी ऱ्याम र १३८ GB स्टोरेज भएको मोडलको मूल्य १५,९९९ रुपियाँ रहेको छ। यसरी ८ जीबी ऱ्याम र २५६ जीबी स्टोरेज भएको भेरियण्टको मूल्य १८,९९९ रुपियाँ रहेको छ। यसबाहेक रियलमी P1 Pro 5G मोडलमा ८ GB ऱ्याम र १३८ GB स्टोरेज भएको भेरियण्टको मूल्य २१,९९९ रुपियाँ अनि ८ जीबी ऱ्याम र २५६ जीबी स्टोरेज भेरियण्टको मूल्य २२,९९९ रुपियाँ रहेको छ। रियलमी P1 5G स्मार्टफोन दुईवटा रंग विकल्पहरूमा आउँछ, पीकक ग्रीन र फीनिक्स रेड जबकि रियलमी P1 Pro 5G स्मार्टफोन पेरोट ब्लू र फीनिक्स रेड कलर विकल्पमा उपलब्ध छ।
स्पेशिफिकेशन्सः
दुवै स्मार्टफोनमा ६.६७ इञ्च फुल एचडी+ एमोलेड डिस्प्ले छ, जसको पिक्सल रिजोल्यूसन २४०० x १०८० पिक्सल छ। फोनमा 120Hz रिफ्रेस रेट सपोर्टको साथ 240Hz टच सेम्पलिंग रेट छ। फोन २००० नीट्स पीक ब्राइटनेससँग आउँछ। दुवै फोन एण्ड्रोइड १४ अपरेटिंग सिस्टममा आधारित रियलमीUI ५.० मा काम गर्छ। फोनहरू ३ वर्षको सफ्टवेयर र ४ वर्षको सुरक्षा अपडेटहरूसँग आउँछन्। रियलमी P1 5G मा MediaTek Dimensity 7050 chipset छ। फोनको स्टोरेजलाई माइक्रोएसडी कार्डको सहायताले १ टिबीसम्म बढ़ाउन सकिन्छ। फोनमा 50MP Sony LYT600 प्राइमरी सेन्सर छ। यसबाहेक २ एमपी सेकेण्डरी सेन्सर प्रदान गरिएको छ। फोनको अगाड़ि 8MP पोट्रेट सेन्सर उपलब्ध छ। दुबै फोनमा ५००० mAh को ब्याट्री रहेको छ, जसले ४५W SUPERVOOC फास्ट चार्जिंग सपोर्ट गर्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *