राजनीति पछ्याउँदै परिणीति

Parineeti.jpeg

मुम्बई: अभिनेत्री परिणीति चोपडा हालका दिनमा फिल्म ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन्। यो फिल्ममा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ  निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन्। गत वर्ष उनले आम आदमी पार्टीका नेता राघव चड्ढासँग विवाह गरिन्। दुवैले भव्य समारोहबीच उदयुरमा विवाह गरेका थिए। विवाहअघि परिणीतिलाई राजनीतिमा कुनै रुची थिएन। उनले अन्तरवार्ताहरुमा आफूले कोही राजनीतिज्ञसँग विवाह नै नगर्ने बताएकी थिइन्। यद्यपि अहिले उनको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुची पनि बढ्दै गएको छ।

हालैको एक अन्तरवार्तामा राजनीति रुची बारे बताएकी छन्। उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा राघव राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको उल्लेख गरेका छन्। ‘अहिले म राजनीति पछ्याउँदैछु। अब त यो काम गर्नैपर्छ’, उनले भनेकी छिन्। उनले पति राघवप्रति गुनासो पनि गरेकी छन्। ‘उहाँप्रति मेरो यो गुनासो छ, उनी मनोरञ्जनमा चासै लिनुहुन्नँ। उनले पछिल्लोपटक कुन फिल्म हरे भन्ने कुरा कि भगवानलाई थाहा छ कि उनलाई मात्रै’, परिणीति भन्छिन्। परिणीतिका अनुसार राघवलाई फिल्मभन्दा बढी रुची संगीतमा छ। उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक कुरा भन्दा पनि व्यवसायिक जीवनभन्दा बाहिरका कुरा बढी हुने खुलाइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *