लालगोला(मुर्शिदाबाद): लालगोला पुलिस स्टेशनको पुलिसले आफैलाई एनआईए अधिकारी बताउने एक व्यक्तिलाई पक्राउ गरेका छन्। हिजो राति पुलिसले भारत–बंगलादेश सीमा लालगोलाको रामनगर क्षेत्रमा नाका जाँच गर्दै गर्दा एकजना स्कुटी सवारलाई देखेपछि पुलिसलाई शंका लागेयाे। खोजीको क्रममा, पुलिसले उनकाेबाट एनआईए अधिकृतको नक्कली परिचयपत्र र हथकडी बरामद गरे। आज आरोपीलाई पाँच दिनको पुलिस हिरासतमा राख्न मागसहित लालबाग अदालत लगिनेछ।

पक्राउ परेका नक्कली एनआईए अफिसरको नाम जहीर अब्बास हो र उनी लालगोलाको रामनगर क्षेत्रका निवासी हुन्।