विधाननगरमा लाखौं रुपियाँको मदिरासहित दुईजना पक्राउ

95124281-e542-4206-a94c-4ab04ecd3068.jpg

विधाननगर: लोकसभा चुनावअघि विधाननगरमा ठूलो परिमाणमा मदिरासहित दुई तस्कर पक्राउ परेका छन्। गोप्य स्रोतबाट सूचना पाएपछि विधाननगर थानाले भीमवारस्थित राष्ट्रिय राजमार्ग नं. ३१ मा एउटा दस चक्के ट्रकलाई नियन्त्रणमा लिए। त्यसपछि ट्रकको खोजी गर्दा ठूलो परिमाणमा मदिरा बरामद भयाे। स्रोतका अनुसार रक्सी असमबाट बिहार तस्करी भइरहेको थियो। बरामद मदिराको बजार मूल्य ६ लाख रुपियाँ रहेको छ। घटनामा ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। आरोपीहरूको पहिचान आसामका सहदुर अली र बिहारका सचिन कुमारको रूपमा गरिएको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *