सिलगढी: बंगालमा भाजपा र तृणमूल कांग्रेस बीच गोप्य सम्झौता भएको राज्य कांग्रेस महासचिव गुलाम अहमद मिरले आरोप लगाएका छन्। बुधबार पार्टी कार्यालय बागडोग्रामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। गोलाम अहमद मीरले भने, ‘अब सारा देशमा लडाई कांग्रेस वा आईएनडीआईए गठबन्धन एनडीए वा भाजपा गठबन्धन बीचको छ। यस्तो अवस्थामा देशका जनताले आफैलाई भोट दिनु आवश्यक छ। तर बंगालमा भाजपा र तृणमूलबीच गोप्य सहमति भएको छl’ उनले भने, ‘यदि तृणमूल कांग्रेस आईएनडीआईएले गठबन्धनका उम्मेदवारहरूलाई बंगालमा चुनाव लड्ने मौका दिएको भए हामीले बंगालमा गठबन्धन स्वीकार गर्ने थियौं, तर उनीहरूले त्यसो गरेनन्। त्यसैले हामी बंगालमा सीपीएम-कांग्रेसका उम्मेदवारहरूलाई भोट दिन अपील गर्दछौंl’