सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव

IMG-20240417-WA0003

झापा (नेपाल): पूर्वीनेपालको हिमाली जिल्ला सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव शुरु भएको छ। जिल्लाको लिखुपिके गाउँपालिका–१ पिके आधार शिविरमा आजदेखि महोत्सव शुरु भएको हो। याक तथा चौँरी व्यवसायी संघले आयोजना गरेको महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ। चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी संघको वेबसाइट सञ्चालन, याक तथा चौँरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम महोत्सवका आकर्षण रहने याक तथा चौँरी व्यवसायी संघका जिल्ला अध्यक्ष ठुतोपदोर्जी शेर्पाले  द रिपब्लिक इण्डियनलाई बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement