जलपाईगढी: रामनवमीको अवसरमा जलपाईगढीमा विशाल शोभायात्रा निकालियो। बुधबार मिलन संघ मैदानमा धेरैको उपस्थितिमा रंगारंग कार्यक्रमको आयोजना गरियो। कार्यक्रममा भाजपा जिल्ला संगठनका नेताहरुको पनि सहभागिता रहेको थियो। जुलुसमा जय श्रीरामको नारा लगाइयो। यस दिन सम्पूर्ण जलपाईगढीमा भगवान रामको जयजयकारले गुन्जिरहेको थियो। भगवान श्रीरामको तस्वीरसहित ढाक र ब्याण्ड बजाएर रामभक्तहरूले भक्तिमा लीन भएर रमाइलो गरे। जलपाईगढी रामनवमी उत्सव समितिको ब्यानरमा शोभायात्रा निकालियो। रामनवमी पर्वको अवसरमा जलपाईगढीका विभिन्न भागका साना बालबालिकाहरू राम र विभिन्न देवी-देवताहरूको पहिरनमा सजिएका थिए।

