सिलगढी: सिलगढीमा आज रामनवमी पर्व मनाइँदैछ। एकपछि अर्को नगरमा भक्तहरुको र्याली निस्किरहेको छ। दार्जीलिङ लोकसभा समष्टिबाट भाजपाका उम्मेदवार राजु विष्ट, सिलगढी विधायक शंकर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, फाँसीदेवाका विधायक दुर्गा मुर्मु लगायत धेरै भाजपा नेताहरूले रामनवमीको शोभायात्रामा भाग लिए। उल्लेखनीय छ, दार्जीलिङ जिल्ला तृणमूल कांग्रेसकी अध्यक्ष पापिया घोष, जिल्ला युवा तृणमूल कांग्रेस अध्यक्ष थिरान रोय र अन्य तृणमूल कांग्रेस नेताहरू पनि यसै शोभायात्रामा राजु विष्ट र शंकर घोषको साथमा सहभागी थिए। दुवै पार्टीका एकअर्काले खादा लगाएर प्रसाद आदानप्रदान गरेर शिष्टाचार गरेको असल राजनैतिक संस्कार देखियो।
