जलपाईगढी: अष्टमी पूर्णिमाको दिन मंगलबार राति सांस्कृतिक मञ्चको उद्घाटन गरियो। कार्यक्रमको उद्घाटन समाजसेवी राममोहन राय र खगराबारी १ ग्राम पञ्चायतकी प्रमुख सीमा रायले गरे। मैनागढी ब्लकको खगडा बारी १ ग्राम पञ्चायतको चेकडारा क्षेत्रमा बसन्तीको पूजा आयोजना गरिएको छ। चेकदारा सर्वजनिन श्री श्री बसन्ती पूजामा बसन्ती संघको आश्रयमा आयोजना गरिन्छ। यो पुजा ६० वर्षभन्दा बढी समयदेखि चल्दै आएको छ। यहाँ पूजा–आराधना गरी चाडपर्व मनाइन्छ र सांस्कृतिक कार्यक्रमको आयोजना गरिन्छ। तर, पुजा समिति श्रोतका अनुसार यस वर्ष चुनावका कारण कार्यक्रम बन्द हुने भएको छ।