करातेमा जोड़ी स्वर्ण पदक जिते रिजोंग तामाङले

IMG-20240417-WA0160.jpg

सिलगढ़ी: सिलगढ़ीका शीर्ष कराते खेलाड़ी तथा प्रशिक्षक रिजोंग तामाङले आफ्नो उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै २६औं वेष्ट बेंगल स्टेट कराते च्याम्पियनशीप २०२४-मा दुईवटा स्वर्ण पदक जिते। गत १३ र १४ अप्रेलमा कलकत्ताको अलमोन दास इण्डोर स्टेडियममा भएको यस प्रतिष्ठित प्रतियोगितामा दार्जीलिङ जिल्लाको प्रतिनिधित्व गर्दै रिजोंगले असाधारण सफलता हासिल गरे। उनले व्यक्तिगत र टीम कातामा स्वर्ण पदक हासिल गर्नको साथै प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ीको खिताब जिते। यसरी रिजोंगसँग अहिले राज्य स्तरीय प्रतियोगितामा जम्मा ९ वटा स्वर्ण पदक भएको छ। यसले उनलाई दार्जीलिङ जिल्लामा सर्वोच्च ऱ्यांक भएको खेलाड़ी बनाएको छ।

रिजोंगले यस सफलताको श्रेय आफ्ना पिता सांगे तामाङ र स्वर्गीय माता लकी तामाङलाई दिए। यसको साथमा उनले आफ्ना प्रशिक्षक हान्सी प्रेमजीत सेन र शिहान अनिल राई प्रति कृतज्ञता व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *